बाँस्काेटालाई केन्द्रीय सदस्यबाट निलम्बन गर्न प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठक सकिएको हो।

बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  को अनुदानका विषयमा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन पेश भएको छ। नेकपाको एमसीसी अध्ययन कार्यदलले एमसीसी सम्झौता यथास्थितिमा अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएपछि पहिलो पटक सचिवालय बैठक बसेको हो।

अब अर्को बैठकम एमसीसीका विषयमा छलफल हुनेछ। नेकपा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको कार्यदलले अध्यक्षद्व ओली र प्रचण्डलाई शुक्रबार सुझावसहितको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ।

त्यस्तै पार्टी बैठकमा गोकुल बाँस्कोटाले कमिसन लिनेका लागि गरेको बार्गेनिङका बारेमा समेत छलफल भएको छ।गोकुल बाँस्कोटालाई निलम्बन गरेर छानबिन गर्नुपर्ने प्रस्ताव आए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका निकायले छानबिन गरिरहेकाले अन्य कुरा नगर्न बैठकमा आग्रह गरे।

बैठकमा सचिवालय सदस्यले पार्टीका तर्फबाट छानबिन समिति बनाउनु पर्ने र पार्टीबाट निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए।