अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अध्ययन गर्न बनेको सत्तारुढ नेकपाको कार्यदलले शु्क्रबार प्रतिवेदन बुझाएको छ ।
कार्यदलले यससँग जोडिएका सम्झौतामा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको जनाएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा ती बुँदा सच्चाउनुपर्ने सुझाव दिएको छ।
संयोजक खनाल भन्छन्, ‘हामीले गम्भीर आपत्तिजनक बुँदाहरु भेट्यौं। अमेरीकाको न्यूयोर्क स्टेटको कानुन नेपालमा लागु हुनेछ भन्नेसम्मका बुँदा रहेछन्।’ अहिलेकै अवस्थामा एमसिसी पारित भए नेपालको स्वाधीनता खतरामा पर्ने उनले दाबी गरे । उनले भने, हामीले दिएको सुझाव कार्यान्वयन नगरिकन एमसीसी पास हुँदैन ।’
कार्यदलमा नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य छन् । प्रतिवेदन अध्ययक्षद्वयले अध्ययन गरेपछि सचिवालय बैठकमा पेस हुने जनाइएको छ ।






