फागुन १० गते २०७६

ताजा समाचार

फागुन १० गते २०७६

आइतबारबाट प्रर्दशनी केन्द्रमा क्यान इन्फोटेक



कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा आइतबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा सूचना प्रविधि मेला (इन्फोटेक) सुरु हुँदैछ ।

मेलाको सबै तयारी पूरा भएको शनिबार कार्यक्रमस्थलमै पत्रकार सम्मेलन गरेर आयोजकले बताएका छन् । फागुन १५ गतेसम्म चल्ने मेलाले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने क्यान कास्की अध्यक्ष रुक्मागत भण्डारीले बताए ।

‘कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ मेला गर्न लागिएको हो,’ उनले भने । इन्फोटेकमा वृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फ््रmेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइसिटी वक्तिृत्वकला प्रतियोगिता, विद्यालयस्तरीय जिल्ला तथा प्रदेशस्तरीय आइटी क्विज कन्टेस्ट समावेश गरिएको अध्यक्ष भण्डारीले बताए ।

आइसिटी रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबर्ट प्रर्दशर्नी एवं प्रतियोगिता गरिने प्रचार संयोजक सेवक क्षितीजले बताए । उनका अनुसार आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण पनि गरिनेछ ।

यस पटकको क्यान इन्फोटेकको बिशेषता मेड इन नेपाल एक्स्पोजर रहनेछ । यस अन्तर्गत प्रडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गरिने क्षितीजले बताए । ‘सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुबिधाहरु र उत्कृष्टलाई नेशनल आइसिटी डेको अवसर पारेर पुरस्कृत गरिनेछ,’ उनले भने । क्यान इन्फोटेक अवधिभर बिजनेस टक प्रोग्राम सञ्चालन हुनेछ ।

मेला अवधिभर शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटी क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको छ । जस अन्र्तगत हेल्प डेक्स, ग्राफिक्स डिजाइन तथा हार्डवयर र नेटवर्क सम्बन्धी आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकाहरुलाई यो अवसर प्रदान गरिएको छ ।
पोखराको बजारमा प्राविधिक कर्मचारीहरुको अभाव रहेको कारणले यो अभियान अगाडि बढाइएको कार्यक्रम संयोजक घननाथ सापकोटाले बताए । जसमा आवेदकहरुलाई निशुल्क तालिम प्रदान गरी क्यान महासंघ कास्कीमा आवद्ध रहेका संस्थाहतथा अन्य व्यावसायिक संस्थाहरुमा सिफारिस गरिनेछ ।

इन्फोटेकको सम्पूर्ण तयारी पुरा गरेर उद्घाटन कार्यक्रमको तयारीमा आफूहरु जुटेको पूर्व अध्यक्ष तथा उद्घाटन कार्यक्रम संयोजक चण्डीप्रसाद अर्यालले बताए । इन्फोटेकमा आइसिटीसँग सम्बन्धित १ सय स्टल रहनेछन् । करिब ३५ लाख रुपैयाँ आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाएर ५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अपेक्षा छ । बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ ।

पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष नवराज कुवँरले सूचना प्रविधिको प्रयोगलाई अझ व्यापक बनाउँदै मुलुकको विकासमा सहकार्य गर्न आफूहरु तत्पर रहेको बताए । क्यान गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डेले इन्फोटेकलाई प्रभावकारी बनाउनु संस्था हर तरहले जुटेको भनाइ राखे । प्रभु पेका प्रतिनिधि विजय अधिकारीले मेलामा प्रवेशका लागि प्रभु पे मार्फत् टिकट काट्न सकिने जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं