शिवमाया कानुन मन्त्रीमा नियुक्त

गत महिना उपसभामुख पदबाट राजिनामा दिएकी शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् ।

उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले रातोपाटीलाई जानकारी दिएका छन् ।

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।