पूर्वसभामुख महराविरुद्ध मुद्दाको फैसला आज हुने

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको आज फैसला सुनाइने भएको छ।

आइतबार बहस सकिएसँगै न्यायाधीश अम्बरराज पौडेलको इजलाशले मुद्दाको फैसला गर्ने भएको हो। यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ।

गत असोज १२ गतेर संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन् । असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

उजुरी दर्ता भएपछि असोज १९ मा पक्राउ गरेर तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो।