मुख्य समाचार

नेकपाका सांसद रावल पक्राउ

सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका अक्कल रावल बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) आरोपमा पक्राउ परेका छन् । यही फागुन १५ गते एक महिलाले दायर गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले रावललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले जानकारी दिए । एसपी गिरीका अनुसार जिल्ला अदालत कैलालीले फागुन १५ गते नै रावललाई पक्राउ गर्न अनुमति दिएको थियो । बुधबार प्रदेशसभा बैठकमा सहभागी हुन… पुरा पढौ

कांग्रेसको प्रशिक्षण : पौडेल पक्षद्वारा बहिष्कार

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ । बुधबार बिहान काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले जिल्ला उपसभापतिको प्रशिक्षण कार्यक्रममा सहभागी नहुने निष्कर्ष निकालेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । प्रतिष्ठानले पार्टीका करिब पाँच लाख क्रियाशील सदस्यलाई जिल्ला कार्यसमितिमार्फत प्रशिक्षण दिने उद्देश्यले सबै जिल्लाका उपसभापतिलाई केन्द्रीय कार्यालयमा… पुरा पढौ

सार्वजनिक भेला र समारोह नगर्न कास्की प्रशासनको आग्रह

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट र समारोहहरु नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सार्वजनिक सूचनामा जारी गर्दै धेरै भिडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेका हुन् । प्रशासनको सूचनामा नेपालमा कोरोना संक्रमण नभए पनि पर्यटकीय सहर पोखरामा सतर्कता अपनाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरिएको छ । चीनको… पुरा पढौ

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो । नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको र प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्। पुरा पढौ

प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधिसभाको उक्त विशेष प्रस्तावमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको आजै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मिर्गौला प्रत्यारोपणको कार्य भइरहेकामा प्रतिनिधिसभाको यो बैठक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कार्य सफलतासाथ सम्पन्न होस् भन्ने कामना गर्दछ । साथै उहाँको शीघ्र स्वास्थ्यलाभाको समेत कामना गर्दछ ।’… पुरा पढौ

राष्ट्रियसभाका १८ सदस्यले लिए पद तथा गोपनीयताको शपथ

सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का १६ र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०का दुई सदस्य छन्। शपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव,… पुरा पढौ

नेकपा कास्कीमा टुंगियो एकता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले जिल्ला कार्यालय, सचिवालय र स्थानीय तहको एकता टुंग्याएको छ । मंगलबार बसेको जिल्ला कमिटीको बैठकले सात सदस्यीय जिल्ला कार्यालय टुंग्याएको छ । बैठकले ५१ सदस्यीय जिल्ला सचिवालय समेत टुंग्याएको पार्टी सचिव बखानसिंह गुरुङले जानकारी दिए । बैठकले स्थानीय तहका अध्यक्ष र सचिवसहित सदस्यहरूको नाम समेत टुंग्याएर पार्टीको गण्डकी प्रदेश कमिटीसमक्ष अनुमोदनका लागि सिफारिस गर्ने निर्णय गरेको छ । नेकपाको प्रदेश कमिटीमा सिफारिस भएसँगै रुपा गाउँपालिका,… पुरा पढौ

नेकपा अध्यक्ष प्रचण्ड अस्वस्थ, सार्वजनिक कार्यक्रममा नजाने

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनी खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।  स्रोतका अनुसार प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् । ‘उहाँलाई सामान्य रुघाखोकी लागेको हो । तरपनि केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी नहुने हुनुभएको छ’, स्रोतले भन्यो ।  आजै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य… पुरा पढौ

खतिवडाको आज राजीनमा, भोलि पुनःनियुक्ति

राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल मंगलबार सकेर राजिनामा बुझाएका अर्थमन्त्री डा.युवराज खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी भएको छ। आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारै नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत आज राजीनामा बुझाएका छन् । तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुननियुक्त गर्न लागेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार खतिवडाले आज (मंगलबार)… पुरा पढौ

राष्ट्रियसभाका १९ सांसद आज घर फर्कदै

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा आफ्नो २ वर्षे कार्यकाल पुरा गरेर आजदेखि १९जना सांसद बिदा भएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी समाजवादी पार्टी, राजपाका गरी १९ जना सांसद आजदेखि घर फर्कन लागेका हुन् । दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुनेमा वर्तमान सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडा सहित प्रदेश १ बाट सरिता प्रसाईं र हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं