खतिवडाको आज राजीनमा, भोलि पुनःनियुक्ति

राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल मंगलबार सकेर राजिनामा बुझाएका अर्थमन्त्री डा.युवराज खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी भएको छ।

आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारै नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत आज राजीनामा बुझाएका छन् । तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुननियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार खतिवडाले आज (मंगलबार) राजीनामा दिने र उनलाई बुधबार नै अर्थमन्त्रीमा पुनःनियुक्ति गरिने तयारी गरिएको छ।