संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा आफ्नो २ वर्षे कार्यकाल पुरा गरेर आजदेखि १९जना सांसद बिदा भएका छन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी समाजवादी पार्टी, राजपाका गरी १९ जना सांसद आजदेखि घर फर्कन लागेका हुन् ।
दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुनेमा वर्तमान सरकारका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडा सहित प्रदेश १ बाट सरिता प्रसाईं र हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव र मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलराम प्रसाद बाँस्कोटा र धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे र बिन्दादेवी आले रहेका छन् ।
यता प्रदेश ५ बाट मीना बुढा र दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ र कालीबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे र कमलाकुमारी ओली रहेका छन्। त्यस्तै सांसदहरु खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिएको छ।






