आफ्नै अस्पताल बनाउन पोखरा महानगरको समिति

पोखरा महानगरपालिकाले एक पालिका, एक अस्पताल स्थापना गर्ने संघीय सरकारको नीति बमोजिम अस्पताल बनाउने तयारी गरेको छ ।

अस्पताल बनाउन जग्गा खोजी गर्न बिहीबार भएको ४३ औं कार्यपालिका बैठकले समिति गठन गरेको छ । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले देशैभर मंसिर १५ गते अस्पताल उद्घाटन गर्ने तयारी गरेको छ ।

अस्पतालका लागि आवश्यक जग्गाको खोजी तथा सम्भाव्यता अध्ययन गरी महानगरपालिकामा सिफारिस गर्न डा नारायण ओझाको संयोजकत्वमा समिति गठन गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । समितिका सदस्यमा डा सरोज पोख्रेल,डा.किर्तीसागर बराल, पोखरा २६ का अध्यक्ष नारायणप्रसाद बराल, पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ्ग, पोखरा ३० का अध्यक्ष श्रीराम पोख्रेल छन् ।

समितिको सदस्य सचिवमा स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।