प्याराग्लाईडिङ दुर्घटनामा १ को मृत्यु, १ घाईते

सोमबार दिउँसो भएको प्याराग्लाईडिङ दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

दिउँसो १ बजेतिर पोखरा महानगरपालिका १८ सराङकोटबाट उडि ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो । पोखरा १८ क्याम्प चोकमा ल्याण्डिङ गर्ने स्थान नजिकै दुर्घटना हुँदा घाइते भएका पाइलट राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फिष्टेल कम्पनीका पाइटल नेपालीको घर पोखरा २८ कालिका हो । नेपालीलाई उपचारका लागि मेट्रोसिट िअस्पताल पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

सोही प्याराग्लाईडिङमा सवार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ वासीकुकी २८ वर्षीया शिला श्रेष्ठ भने घइते छिन् । घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।