बेलायतले दियो कोभिड १९ विरुद्धको खोपलाई स्वीकृति

बेलायतले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि स्विकृति दिएको छ ।

बेलायत कोभिड–१९ विरुद्धको खोपलाई स्विकृति दिने विश्वकै पहिलो देश भएको छ । जर्मन बायोनटेक औषधि कम्पनी र अमेरिकी फाइजरले तयार गरेको यो खोप परीक्षणका क्रममा ९५ प्रतिशत प्रभावकारी भएको बिबिसीले उल्लेख गरेको छ ।

मेडिसिन एण्ड हेल्थ प्रोडक्ट रेगुलेटरी एजेन्सीले स्विकृत दिएको खोप आगामी साताबाटै दिन लागिएको छ । कोभिड–१९ को उच्च जोखिममा रहेका मानिसलाई लगाउनका लागि बेलायतले ४ करोड डोज खोप किनिसकेको छ । यसले २ करोड मानिसलाई पुग्ने जनाइएको छ ।