नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः प्रधानमन्त्रीमा दाबी गर्दै नपाए पार्टी विभाजन गर्ने योजना बनाएको अर्का अध्यक्ष केपी शर्मा ओली पक्षले दाबी गरेको छ ।
प्रचण्डले आफू प्रधानमन्त्री बन्नकै लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई उपयोग गरेको ओली निकट स्रोतले बतायो । एमाले र माओवादीबीच एकता हुँदा सरकारको नेतृत्व आधा–आधा गर्ने सहमति भएको थियो ।
‘प्रचण्डले पार्टी काम नगर्ने प्रष्ट कुरा राखेर प्रधानमन्त्री चाहियो भन्नुभयो, उहाँको ध्यान पार्टीतिर होइन, सरकारतिरै रहेको प्रष्ट भयो,’ ओली निकट एक नेकपा स्थायी समिति सदस्यले भने ।
यसअघि प्रचण्डले केही नेताहरुलाई प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमान्ने बरु पार्टी विभाजन गर्ने चेतावनी दिएको सुनाएका थिए ।






