कास्कीको ४६ प्रतिशत क्षेत्रफलमा वन

बोटविरुवा रोप्ने सिजन सकिएको छ । भदौ महिनासम्म बोटविरुवा रोप्न उपयुक्त समय मानिन्छ । डिभिजन वन कार्यालय कास्कीका अनुसार ७१ हजार विरुवा वितरण भईसकेको छ ।

भदौको अन्तिमसम्म विभिन्न संघसंस्था विरुवा माग्न उद्दत हुन्छन् । संघसंस्थालाई डिभिजन बन कार्यालय(तत्कालिन जिल्ला बन कार्यालय) कास्कीले वितरण गर्दै आएको छ । किसानलाई लक्षित गरी डाले घाँसका विरुवा, शहर बजारमा भने हरियालीको लागि छुट्टै प्रकृतिका विरुवाको माग बढी हुने गरेको छ ।

दुईवर्ष अघिदेखि डिभिजन बन कार्यालय्र कास्कीले कास्कीलाई हरियालीको सूचीमा राख्न भरप्रयास गर्दै आएको छ । तथ्यांक अनुसार ४६ प्रतिशत क्षेत्र बन जंगलले ओगटेको छ । ‘कास्कीको कुल क्षेत्रफल दुईलाख १७ हजार हेक्टर हो’ डिभिजन बन कार्यालय कास्कीका प्रमुख बन अधिकृत केदार बरालले भने–‘बन अध्ययन विभागले देशभर गरिएको अध्ययन एवं मापन अनुसार तथ्यांक हो ।’ कुल क्षेत्रफलमध्ये ४६ प्रतिशत बन क्षेत्रले ओगटेको छ ।’ उनका अनुसार बढी बनको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) अन्तर्गत रहेको छ ।

२८ हजार ६ सय ९५ हेक्टर बन क्षेत्र डिभिजन बन कार्यालय अन्तर्गत पर्ने
२१ हजार ६ सय ९५ हेक्टर सामुदायिक बनले ओगेटको
संरक्षण बन क्षेत्र २४ सय ६२ हेक्टर
धार्मिक बन क्षेत्र ११.२ हेक्टर
४ हजार ५ सय २५ हेक्टर सरकारी बन
९ वटा सामुदायिक बनले व्यवसायिक काठजन्य उत्पादन


कार्यालयका सहायक बन अधिकृत कमल लम्सालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा ६९ प्रतिशत छ(कुल ४६ प्रतिशतलाई १०० मान्दा) । बाँकी ३१ प्रतिशत डिभिजन बन कार्यालय अन्तर्गत पर्ने सुनाए । बन कार्यालयको मातहतमा २८ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल बनक्षेत्रले ओगटेको छ । तथ्यांक अनुसार कास्कीमा सामुदायिक बनले २१ हजार ६सय ९५ हेक्टर क्षेत्रफल ढाकेको छ । गतवर्ष मात्रै ५०८ वटा सामुदायिक बन थिए । स्थानीयबासिन्दाको जिविकोपार्जन समेत सामुदायिक बनबाट हुदैं आएको छ । सामुदायिक बनमा झण्डै ४७ हजार ६ सय ७९ घरधुरी प्रत्यक्ष आवद्धहुदैं लाभान्वित भएका छन् ।

सामुदायिक बनमा हरेक समुदायको पहँुच पुगेको छ । बाहुन क्षेत्रीसँगै जनजाति तथा दलित समुदाय समेत सामुदायिक बनमा आवद्ध छन् । सामुदायिक बनमा आवद्ध तथा आर्थिकरुपले विपन्न बर्गलाई समेत सामुदायिक बनको आम्दानीको केही हिस्सा विपन्न बर्गको आयआर्जनको लागि खर्च गर्दै आएको छ । संरक्षण बनले २ हजार ४ सय ६२ हेक्टर क्षेत्रफल ओगटेको छ । विशेष गरी पन्चासे, जैविक विविधता पार्क(रानीवन) लगायतका छन् ।

त्यसैगरी पाँचवटा धार्मिक बन छन् । ११.२ हेक्टर क्षेत्रफल ओगटेको छ । पोखरा–१९ घार्मीस्थित हरिहर गुुफा, लेखनाथस्थित जयगुरुदेव, लामाचौरस्थित सर्वेश्वर शिवालय र काँहुस्थित मुश्लिम समुदायको धार्मिक बन छन् । ४ हजार ५ सय २६ हेक्टर सरकारी बन रहेको तथ्यांक छ ।

‘काठ उत्पादन गर्ने उद्देश्यसहित बैज्ञानिक बन व्यवस्थापन समेत गरिएको छ ’ उनले भने–‘साविकको भरतपोखरी र सिद्ध गाविसमा काठ उत्पादन गर्ने बन छन् ।’ ती दुई ठाँउमा सालका छन् । उनका अनुसार ९ वटा सामुदायिक बनले व्यवसायिक काठ उत्पादन गर्ने तर्फ केन्द्रीत रहेको छन् । कार्यालयले जडिबुटि विकास, सामुदायिक तथा कबुलियत बन विकास, राष्ट्रिय बन विकास तथा व्यवस्थापन कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिक, वन्य जन्तु संरक्षण तथा क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, विरुवा सुधार एवं बृक्षारोपण तथा नीजि बन कार्याक्रम जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रमले बनको सुधारसँगै क्षेत्रफल बढ्दै गएको उनको भनाई छ ।

एउटा विरुवा उत्पादन गर्न १० रुपैयाँ खर्च हुदैं आएको छ । तर कार्यालयले विरुवा भने निशुल्क वितरण गर्ने गरेको छ ।

सरकारी तथ्यांक केलाउँदा ५ वर्षमा ६ हजार क्युविक काठ विक्री गरिएको छ । समूहले कार्यालयको स्वीकृतिमा लिलामी गर्छन् । १५ विक्रीको १५ प्रतिशत सरकारी राजस्वमा दाखिला हुन्थ्यो । ८५ प्रतिशत समूहले राख्दै आएका छन् । यो आर्थिक वर्षदेखि १५ प्रतिशत राजस्व खातामा जम्मा गर्ने प्रावधान हटाइएको छ । कार्यालयले नै समूदायलाई निशुल्क विरुवा उपलब्ध गराउँदै आएको छ ।

समूहले माग फाराम भरेर आफना उपभोक्तालाई वितरण गर्ने उद्देश्यले विरुवा माग्न आउँछन् ।’ सहायक बन अधिकृत लम्सालले भने–‘मागको अनुपात अनुसार विरुवा वितरण गर्दै आएका छौं ।’ पछिल्लो समय महागरनगरपालिकाले समेत एक घर दुई विरुवाको नीति लिएको छ । आफनो टोल आफैं सफा गरौं र हरियाली बनाऔं अभिप्रायलाई सार्थकता समेत दिइएको छ । डालेघाँस, भूमीघाँस, स्पाईलो, सिओफोर नामक घाँसे विरुवा किसानलाई विभिन्न क्षेत्रबाट खरीद गरेर भएपनि उपलब्ध गराउँदै आएको उनले सुनाए ।

एउटा विरुवा उत्पादन गर्न १० रुपैयाँ खर्च हुदैं आएको छ । तर कार्यालयले विरुवा भने निशुल्क वितरण गर्ने गरेको छ । समूहले बन क्षेत्रभित्र खाली ठाँउमा तथा नांगापाखा डाडाँमा रोप्न विरुवा माग हुदैं आएको छ । बढी मात्रामा डालेघाँसको विरुमा माग हुदैं आएको छ । पछिल्लो समय सरकारले पशुपालनमा प्रोत्साहन गरेपछि किसानहरुको माग बढी मात्रामा डाँले घाँस हुने गरेको छ ।

कटहर, निमारो, बाखा्र पालन गर्ने किसानले बकाईनो लगायतका विरुवा माग्छन् । बजार क्षेत्रमा भने कपुर अशोक लगायतका माग हुन्छ । घरभित्र सजाउनको लागि साना जातको विरुवा माग्ने गरेको तथ्यांक छ । सरकारले कृषिलाई विशेष महत्व दिदैं आएको छ । त्यसैले कृषिको व्यवसायिक उत्पादनलाई जोड दिएको छ । कृषि अन्तर्गत पशुपालनको लागि आवश्यक चरन क्षेत्रसँगै घाँसेको लागि भने डिभिजन बन कार्यालयले उपयुक्त विरुवा किसानलाई उपलब्ध गराउँदै आएको उनको भनाई थियो ।
पवित्र धार्मिस्थल पन्चासेको संरक्षित वन क्षेत्र ।