खानेपानी संस्थान पोखराका वाग्लेउपर मुद्दा दायर

नेपाल खानेपानी संस्थान, पोखरा शाखा बिन्दवासिनी इकाईमा सहायक, प्रशासन पदमा कार्यरत कृष्णहरि वाग्लेउपर मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा उनले २५ हजार लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले वाग्लेलाई सेवाग्राहीबाट सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

वाग्लेले सेवाग्राहीसँग खानेपानीको धाराको मिटर बिग्रिएकोले उक्त मिटरका कारण बढी उठेको महसुल रकम मिलाई नयाँ मिटर परिवर्तन गरिदिने प्रयोजनका लागि यो रकम मागेका थिए । उनले भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेको सप्रमाण पुष्टि भएकोले वाग्लेलाई बिगो २५ हजार कायम गरी भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को बमोजिम सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवत्ता तारानाथ अधिकारीले जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।