नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीमा चन्द्रकिशोर

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको सोमबार भएको प्रथम अधिवेशनबाट चन्द्रकिशोर गौतम नेतृत्वको प्यानल नै विजयी भएको छ ।

अधिवेशनमा चन्द्रकिशोरले ३९ मत पाएका थिए भने उनका प्रतिश्पर्धी वुद्धिबहादुर गहतराजले २५ मा चित्त बुझाए । चन्द्रकिशोर सभापति रहेको कार्यसमितिमा उपसभापतिद्वयमा जीवनकुमार विश्वकर्मा (म्यादी) र कृष्णबहादुर विश्वकर्मा (गोर्खा) छन् ।

सचिवमा रविन विश्वकर्मा, कोषाध्यक्ष नेत्रबहादुर विश्वकर्मा, सहसचिव पर्व विश्वकर्मा र सहकोषाध्यक्ष पूर्णबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा हरि गहतराज, ओमबहादुर विश्वकर्मा, हिमलाल विश्वकर्मा, मेघनाथ रामदाम, महिला सदस्य शान्त सुनार, र एसोसिएट सदस्यमा विकास सदाशंकर छन् ।

महासघका गण्डकी प्रदेशका ९ का जिल्लामा शाखा छन् । नवनिर्वाचित अध्यक्ष चन्द्रकिशोरले महासघलाई सबल र सक्षम बनाउँदै व्यवसायी र कालिगढको हकहितका लागि काम गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘महासंघ र जिल्लाका समस्या समाधान गर्ने गरी काम गर्छाैं ।’ निर्वाचनमा फरक प्यानल, विचार भए पनि सबै व्यवसायीलाई समान दृष्टिले हेरी योग्यता र क्षमताका आधारमा सबैलाई समेट्ने उल्लेख गरे ।

महासंघको प्रथम साधारण सभा तथा अधिबेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्मा र प्रदेश संयोजक एवं सभाध्यक्ष निर्मल बिश्वकर्माले सुनचाँदी व्यवसायको अहिलेको अवस्था र चुनौतिबारे धारणा राखेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।