मुख्य समाचार

आयोगले दर्ता ग¥यो एमाले, चुनाव चिन्ह उदाउँदो सूर्य

निर्वाचन आयोगले नेकपा एमाले नामको दल दर्ता गर्ने निर्णय गरेको छ। दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षमा रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ बताए । एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिइएको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो। २०७५ साल जेठ २ गते तत्काली एमाले र माओवादी केन्द्रबीच… पुरा पढौ

निषेधाज्ञामै जीपको ठक्करले प्रहरीको मृत्यु

पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् ।  वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान… पुरा पढौ

आधा शताब्दी शिक्षासेवामा समर्पित जयन्द्रलाल

मानव जिवनको हरेक आरोह—अवरोह र जिवन भोगाईका क्रममा कतिपयका मित्र त कतिपयका वैरी हुन्छन । फरक यत्ति हो, कतिपयका घेरै त कतिपयका थोरै ।’ मुस्ताङमा आफ्नो आधा शताब्दी लामो शैक्षिक सेवामा थाक्दै नथाकेका घरपझोङ गाउपालिका—४ जोमसोमका शिक्षाप्रेमी हुन् जयन्द्रलाल थकाली । थकाली जनहित मावि जोमसोमको ९ औं कार्यवाहक अध्यक्ष पदमा छन् । विस २०२७ सालमा प्रबेशिका परिक्षा उत्तिर्ण गरेलगत्तै उनी जोमसोम स्थित जनहित माविको शिक्षक बने । उनले त्यहा १७… पुरा पढौ

कास्कीमा आज राति १२ बजेबाट निषेधाज्ञा

समुदायमै कोरोना संक्रमण बढेपछि आज भएको जिल्लास्तरीय कोरोना संकट व्यस्थापन केन्द्रको बैठकले भदौ ७ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । यो अवधिमा अत्यावश्यक सवारी बाहेकका अन्य सबै निजी तथा सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्धारा जारी आदेशमा उल्लेख छ । पुरा पढौ

समुदायमा संक्रमण देखिएपछि पोखरा सिल गर्ने तयारी

पोखरा ५ मा आइतबार मात्रै ७ जनामा कोरोना देखियो । नगरभरि २२ जनामा संक्रमण देखियो । समुदायमा नै संक्रमण देखिन थालेपछि महानगरले सिल गर्ने तयारी गरेको छ । समुदायस्तरमै कोरोना संक्रमित भेटिन थालेपछि महानगर नै सिल गर्ने तयारी भएको मेयर मानबहादुर जिसीले नेपालदुतलाई बताए । आइतबारको सर्वदलीय बैठकमा लकडाउन कडा गर्नेबारे छलफल भएको उल्लेख गर्दै उनले केही दिनमै लकडाउन कडा गरिने जनाए । नेकपा कास्की सचिव बखानसिंह तमुले हाल कोरोनाको… पुरा पढौ

समुदायमा संक्रमण, रतन पाण्डेमा नियमित कक्षा

पोखरा महानगरमा समुदायमै कोरोना संक्रमण बढिरहेको छ । कोरोनाबाट महानगरमै १ जनाको मृत्यु भएको छ । केही वडा सिल गर्ने तयारी भएको छ भने पोखरा २७ को कार्यालय सिल गरिएको छ । यस्तो बेलामा विद्यार्थी, शिक्षकको सुरक्षालाई वेवास्ता गर्दै पोखरा १३ आर्वाको रतन पाण्डे माविले भने नियमित कक्षा सञ्चालन गरेको छ । असार १ गतेदेखि नै नियमित कक्षा चलाएको रतनपाण्डेका प्रधानाध्यापक डिल्लीराम बराल भने वैकल्पिक कक्षामात्रै चलाएको दाबी गर्छन् ।… पुरा पढौ

कांग्रेस केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभागहरु विस्तार गरेका छन्। उनले केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन्। कांग्रेसको केन्द्रीय विभागमा गण्डकी प्रदेशबाट को को परे ? गण्डकीबाट संगठन विभाग सदस्यमा नवलपुरका विष्णुबहादुर कार्की, पर्वतका गंगाधर तिवारी, गोरखाका भूगोल थापा, तनहुँका इन्दु शर्मा ढकाल, लमजुङका यमबहादुर गुरुङ छन् । शिक्षा विभागका सचिवमा कास्कीका डा कृष्णप्रसाद पौडेल मनोनित भएका छन् । विभागमा गण्डकी प्रदेशको गोरखाबाट डा हिमलाल घिमिरे,… पुरा पढौ

ढोरपाटनका इन्जिनियर मिलन अधिकारीविरुद्ध मुद्दा दायर

उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत बिभिन्न बहाना बनाई १ लाख घूस लिइसकेपछि उनी पक्राउ परेका थिए । अख्तियार पोखराबाट खटिएको टोलीले उनलाई पोखराकै जिरो किमीबाट नियन्त्रणमा लिएको थियो । अधिकारीले सेवाग्राहीसँग गुजा सिलगुम ओखरधारा खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि एक लाख लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेकाले उनी विरुद्ध आइतबार विशेष अदालतमा… पुरा पढौ

उपचार-शव व्यवस्थापनसम्म चुक्यो सरकार

शनिबार मध्यराति निधन भएका पोखरा १९ का कोरोना संक्रमितको शव व्यवस्थापनको टुंगो अझै लागेको छैन । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा मृत्यु भएका ६२ वर्षीय यी पुरुष मधुमेहका समेत बिरामी थिए । प्रतिष्ठानमा मृत्यु हुने यी तेस्रो कोरोना संक्रमित हुन् । यसअघि प्रतिष्ठानमा निधन भएका पहिलो कोरोना संक्रमितको पोखरा ११ को सेती नदी किनारमा शव व्यवस्थापन गर्ने क्रममा वडाध्यक्ष घाइते भएका थिए भने केही पक्राउ परेका थिए । दोस्रो मृतकको… पुरा पढौ

बिद्युत प्राधिकरणका हाकिम सबा करोडका चेकसहित पक्राउ

नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक रितेश गुप्ता पक्राउ परेका छन् । गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाको भुक्तानी दिन भनी पहिले नै चेक काटेका थिए । उनी ती चेक लिएर काठमाण्डौंतर्फ जाँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो । गुप्तालाई शंकास्पद रुपमा १ करोड २४ लाख ९१ हजार १ सय ४५… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं