ढोरपाटनका इन्जिनियर मिलन अधिकारीविरुद्ध मुद्दा दायर

उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत बिभिन्न बहाना बनाई १ लाख घूस लिइसकेपछि उनी पक्राउ परेका थिए ।

अख्तियार पोखराबाट खटिएको टोलीले उनलाई पोखराकै जिरो किमीबाट नियन्त्रणमा लिएको थियो ।

अधिकारीले सेवाग्राहीसँग गुजा सिलगुम ओखरधारा खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि एक लाख लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेकाले उनी विरुद्ध आइतबार विशेष अदालतमा अभियोग पत्र दर्ता गरिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले बताए ।