आयोगले दर्ता ग¥यो एमाले, चुनाव चिन्ह उदाउँदो सूर्य

निर्वाचन आयोगले नेकपा एमाले नामको दल दर्ता गर्ने निर्णय गरेको छ।

दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षमा रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ बताए ।

एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिइएको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो।

२०७५ साल जेठ २ गते तत्काली एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो ।