कांग्रेस केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभागहरु विस्तार गरेका छन्। उनले केन्द्रीय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन्।

कांग्रेसको केन्द्रीय विभागमा गण्डकी प्रदेशबाट को को परे ?

गण्डकीबाट संगठन विभाग सदस्यमा नवलपुरका विष्णुबहादुर कार्की, पर्वतका गंगाधर तिवारी, गोरखाका भूगोल थापा, तनहुँका इन्दु शर्मा ढकाल, लमजुङका यमबहादुर गुरुङ छन् ।

शिक्षा विभागका सचिवमा कास्कीका डा कृष्णप्रसाद पौडेल मनोनित भएका छन् । विभागमा गण्डकी प्रदेशको गोरखाबाट डा हिमलाल घिमिरे, बागलुङका नारायणप्रसाद शर्मा, नवलपुरका रामबहादुर खड्का, स्याङ्जाका लेखमाया पौडेल र कास्कीका चिनु रानाभाट छन् ।

कांग्रेसको यातायात व्यवसायी समन्वय विभागमा कास्कीका केदार पौडेल, पर्वतका शिव सुवेदी र स्याङ्जाका चेतनारायण श्रेष्ठ छन् । मुस्लिम विभागमा तनहुँका हाजी जमालुद्दिन मियाँ, स्याङ्जाका हाजी नसिबुद्दिन मियाँ, गोरखाका बाबुदिन मियाँ र कास्कीका अब्दुल मजिद सदस्य छन् ।

तराइ मधेश समन्वय विभागमा नवलपुरकी सरस्वती तिमिल्सिना, टीकाकुमारी महतो र चेतनारायण भुसाल, स्याङ्जाका मेखबहादुर खड्का र लमजुङका शम्भुबहादुर जोशी छन् ।

रमेश रिजाल प्रमुख रहेको संघीय मामिला तथा प्रदेश समन्वय विभागमा गण्डकी प्रदेशको कास्कीबाट रामचन्द्र त्रिपाठी, लमजुङका कृष्णप्रसाद कोइराला, तनहुँका हुतमणि अधिकारी छन् ।

वन, वातावरण तथा विपद् व्यवस्थापन विभाग तनहुँबाट इन्दिरा खनाल, स्याङ्जाका हिरादेवी शर्मा, कास्कीका खेमकुमारी बराल, म्याग्दीकी डिनाकुमारी खड्का छन् ।

समापति देउवाले वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा बागलुङका पुष्पबहादुर पौडेल, स्याङ्जाका भरत ढकाल र श्याम बस्याल, बागलुङका ज्ञानेन्द्रबहादुर पौडेल र कृष्णशंकर श्रेष्ठ, गोरखाका सुरेन्द्र भण्डारी, म्याग्दीका दीप छन्त्याल र कास्कीका डिल्लीराम तिवारीलाई सदस्य मनोनयन गरेका छन् ।

स्थानीय तह समन्वय विभागमा कास्कीका टेकनशोभा गुरुङ र तिलक रानाभाट, स्याङ्जाका लालगोपाल अर्याल, तनहुँका झुलबहादुर आले र चन्द्रकला भट्टराई छन् ।

निर्माण व्यवसायी समन्वय विभागमा बागलुङका अम्बरबहादुर कार्की, लमजुङका पूर्णचन्द्र पोखरेल, तनहुँका समुन्द्र गोदार सदस्य छन् । यस्तै, तरुण विभागमा तनहुँबाट पूर्ण गुरुङ, अम्बिर जोशी, कास्कीबाट दिवसमान प्रधानांग, बागलुङका अर्जुन शेरचन, नवलपुरका अमृत भट्टचन, लमजुङका स्थिरबाबु खाती, गोरखाका धुव पन्त, कास्कीका लेखबहादुर गुरुङ र मनाङका कर्मा गुरुङ छन् ।

यसैगरी खेलकुद विभागमा गण्डकीबाट एकमात्र सदस्य स्याङ्जाका देवबहादुर मानन्धर छन् ।