कास्कीमा आज राति १२ बजेबाट निषेधाज्ञा

समुदायमै कोरोना संक्रमण बढेपछि आज भएको जिल्लास्तरीय कोरोना संकट व्यस्थापन केन्द्रको बैठकले भदौ ७ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

यो अवधिमा अत्यावश्यक सवारी बाहेकका अन्य सबै निजी तथा सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्धारा जारी आदेशमा उल्लेख छ ।