मानव जिवनको हरेक आरोह—अवरोह र जिवन भोगाईका क्रममा कतिपयका मित्र त कतिपयका वैरी हुन्छन । फरक यत्ति हो, कतिपयका घेरै त कतिपयका थोरै ।’
मुस्ताङमा आफ्नो आधा शताब्दी लामो शैक्षिक सेवामा थाक्दै नथाकेका घरपझोङ गाउपालिका—४ जोमसोमका शिक्षाप्रेमी हुन् जयन्द्रलाल थकाली । थकाली जनहित मावि जोमसोमको ९ औं कार्यवाहक अध्यक्ष पदमा छन् ।
विस २०२७ सालमा प्रबेशिका परिक्षा उत्तिर्ण गरेलगत्तै उनी जोमसोम स्थित जनहित माविको शिक्षक बने । उनले त्यहा १७ वर्ष अध्यापन गरे । उनले पढाएका बिद्यार्थी सम्मानित पदमा पुगेर जिम्मेवारी निभाईरहेका छन् ।
शिक्षण पेशाबाट अवकाशपछि उनी सोही विद्यालयको सेवामा जोडिए । २०५३ सालदेखि उनी शिक्षकबाट विद्यालय संञ्चालन गर्ने अवसर मिल्यो । उनी जनहितको अध्यक्ष पदमा रहेको २३ वर्ष पुग्दैछ, उनी रत्तिभर थाकेका छैनन् ।
आज जनहितमा जे परिवर्तन आएको छ, थकालीकै अगुवाईमा भएको हो । हालै केहीले उनको योगदान र विद्यालयबारे भ्रम छर्ने प्रयास गरेको उनको दुखेसो छ । जसले थकालीलाई अत्यन्तै दुखित र मर्माहत तुल्यायो तैपनि उनी बिचलित छैनन् । उनी भन्छन् ‘ मेरो स्टोरी शिक्षाबाट सुरु भयो र यहीबाट अन्त्य हुन्छ ।’

जनताको सेवामा समर्पित थकालीले आफुमाथि तेर्सिएका नैतिक सवाललाई जनसमक्ष पू¥याउन आवश्यक सम्झिए । उनले आफ्नो कार्र्यकालमा भएका महत्वपूर्ण आर्थिक, शैक्षिक र भौतिक उपलब्धि सार्वजनिसमेत गरे।
जनहित मावि मुस्ताङकै बढि विद्यार्र्थी अध्ययन गर्ने एकमात्र सामूदायिक विद्यालय भएको र विद्यालयले पछिल्लो अवस्था आईपुग्दा निकै राम्रो छलाङ मारेको छ । जनहितले २०५९ र २०६० सालमा दुई पटक नेपालका १८ वटा जिल्लाका दुर्गम सामूदायिक विद्यालयमध्ये सर्वोउत्कृष्ट भई नगद पुरस्कार प्राप्त गरेको ,२०६६ देखि ०६९ सालसम्म लगातार ४ वर्ष साविक एसएलसि परिक्षामा उत्कृष्ट नतिजासहित सर्वाधिक विद्यार्थी उर्तिण भएको ,२०७६ सालमा सर्वोउत्कृष्ट विद्यालयको रुपमा घोषित भई पालिकाबाट एकलाख पुरस्कार प्राप्त गरेको थियो ।
सोही वर्ष जनहित नमूना विद्यालयको रुपमा सुचिकृत भएकाले शैक्षिक विकास ढोका उघ्रिएको उनी बताउँछन् । आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक ,भौतिक र आर्थिक पक्ष राम्रो सवल भएको दावी उनको छ ।
विद्यालयको शैक्षिक विकासको मूल्याङकन गर्दै सरकारले २०६५ सालमा मुस्ताङबाट उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षका रुपमा उनलाई सम्मान गरेको थियो । विद्यालयको भौतिक विकासतर्फ भारतिय राजदुताबासको आर्थिक सहयोगमा २ तलाको भवन निर्माण गरेको, छात्राबास भवन, छात्राबास भान्साघर ,प्लस टुको छुट्टै भवन ,विद्यालयको पर्खाल निर्माण, बगैचा, खेलकुद पार्क र आवश्यक शैक्षिक संरचना सबै स्कुलमा बनेका छन् ।
विद्यालयको शैक्षिक विकासको मूल्याङकन गर्दै सरकारले २०६५ सालमा मुस्ताङबाट उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षका रुपमा उनलाई सम्मान गरेको थियो ।
अध्यक्ष थकालीले विद्यालय समिति, शिक्षक, बुद्धिजीवि ,क्लव ,महिला समूह लगायतको साथ र सहयोगका साथै चन्दा संकलन, स्वर्ण महोत्सव ,र विद्यालयले विभिन्न कार्यक्रम गरेर आन्तरिक कोषमा एक करोड जम्मा भएको जानकारी दिइ ।
उनी अध्यक्ष हुनु विद्यालयको कोषमा जम्मा १ लाख ५० हजार थियो । यस्तै ,विद्यालयले गरिव तथा विपन्न वर्गका वालवालिकाका लागि छात्रवृत्ति व्यवस्था ,कक्षा १२ को शिक्षा र प्राविधिक धारको सिभिल ईन्जिनीयरको पढाई,अंग्रजी माध्यमबाट कक्षा संञ्चालन र हिमाली आवासिय छात्रावासको व्यवस्थासमेत उनकै कार्यकालमा गरेको छ ।
बुद्धिजीवी, शिक्षाप्रेमी र विद्यालयलाई निरन्तर १० वर्ष सहयोग गर्ने वा १० लाख बढी नगद ÷जिन्सि सहयोग गर्ने व्यक्ति विद्यालयको अध्यक्ष हुन पाउने प्रावधान अनुरुप अध्यक्ष बनेको उनले बताए । शिक्षा ऐनमा कुनै व्यक्तिको कार्यकाल कति पटक भन्ने कतै उल्लेख नभएको, निजी विद्यायलको शेयर सदस्यले सामुदायिक विद्यालयको जिम्मेवारी लिन पाउने÷नपाउने शिक्षा ऐनमा कहिकतै उल्लेख नभएको र विद्यालयमा म्याद गुज्रिएका अखाद्य बस्तु खुवाउने गरेको आरोप कपोल्कल्पित भएको दाबी गरे ।
थकालीले विद्यालय समिति, शिक्षक, बुद्धिजीवि ,क्लव ,महिला समूह लगायतको साथ र सहयोगमा चन्दा, स्वर्ण महोत्सव र विभिन्न कार्यक्रम गरी आन्तरिक कोषमा १ करोड जम्मा गरेका छन् ।
उनका अनुसार २०६१ साल देखि जनहितमा हिमाली छात्राबास सुविधा उपलब्ध भएको र छात्राबासलाई आवश्यक पर्ने खाद्यान्न मौज्याद सडक असहजताले ठुलो परिमाणमा भण्डार गर्ने गरिएको छ । उनले भौगोलिक विकटता, हिमपात , बाढी÷पहिरो र नदी कटानले एकै पटकमा धेरै खाद्य सामाग्री खरिद गर्नु पर्ने बाध्यता रहेकोले गत वर्ष स्टोरमा अनुगमन गर्दा केही अखाद्य बस्तु फेला परेको र त्यसलाई स्थानीय तह ,सांसद ,शिक्षक अभिभावक संघका अध्यक्ष ,शिक्षक र व्यवस्थापन समितिको रोहबरमा खाल्डो खनी गाडिएको उल्लेख गरे ।
मुस्ताङमा कठिन परिस्थितिमा आफु र सहयोगीहरुको बलमा क्याम्पस संञ्चालन गरेको उनको भनाइ छ । तेजनिरला जनहित क्याम्पसले साविक जिल्ला शिक्षा कार्यालयको अनुमतीमा जनहित माविका शिक्षकले मावि तहको पठन÷पाठनलाई बाधा नपुग्ने गरी मर्निङ क्याम्पस संञ्चालन सुरु गरेको उनले बताए।









