ताजा समाचार

मुख्य समाचार

मुस्ताङमा मोटरसाईकल दुर्घटना,सवारी चालक भट्राईको अवस्था चिन्ताजनक

हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक मोटरसाईकल दुर्घटना हुदा काठमान्डौ महानगरपालिका मुलपानी बस्ने वर्ष २८ का भबेस भट्राईको अवस्था चिन्ताजनक रहेको अस्थायी ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली मगरले जानकारी दिए । काठमान्डौ देखि मुक्तिनाथ मन्दिरको दर्शन गर्न बा ५६ प ८८२९ नम्बरको मोटर साईकल यात्रा गदै मुस्ताङ आएका सवारी चालक भट्राईसहित अर्को एक व्यक्तिको आईतवार साझ करिव ५ बजेको समय जोमसोम र पान्डाखोला सडकबीच कालिगण्डकी नहरमा दुर्घटना भएको सहायक निरीक्षक… पुरा पढौ

राजधानीमा बिहानै भूईचालोको धक्का

आज बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानी काठमाण्डुमा समेत महसुस गरिएको थियो । सुतिरहेका बेला गएको भूकम्पबारे धेरैले थाहै पाएनन् । केन्द्रका अनुसार यो २०७२ को वैशाख महाभूकम्पकै पराकम्प हो । पुरा पढौ

नेपाल टेलिकम नजिकै शक्तिशाली कुकर बम फेला

सिराहाको गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिकै प्रेसरकुकर बम फेला परेको छ । आइतबार बिहानै फेला परेको बमको डिस्पोज गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गोलबजारदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीभन्दा ५० मिटर पश्चिम टेलिकमको रिपिटर टावरभन्दा डेढसय मिटरको आसपासमा बम फेला परेको हो । घटनास्थलमा स्वतन्त्र तराई निमाृण सेनाको पर्चा फेला परेको छ । नेपाली सेनाको श्री नयाँ गोरख गणको बम डिस्पोजल टोलीले… पुरा पढौ

गण्डकीको हिउँदे अधिवेशन पुस २३ बाट

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन पुस २३ गतेबाट सुरु हुने भएको छ । मन्त्रीपरिषद् बैठकले पुस २३ गतेबाट अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय हो । आवश्यक बिजनेस तयार भएकाले अधिवेशन गर्न लागिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । गण्डकी प्रदेशको वर्षे अधिवेशन असोज ८ मा सकिएको थियो । यो अधिवेशनका लागि सरकारले ८ विधेयक तयार पारेको भने पहिल्यै दर्ता भएका ३ विधेयक पनि यही अधिवेशनमा पारित गर्ने तयारी छ… पुरा पढौ

योजनावद्ध रुपमा १२ लाखको धर्म परिवर्तन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा निरन्तर हिन्दू धर्ममाथि प्रहार भइरहेको बताएका छन् । उनले योजनावद्ध रुपमा धर्म परिवर्तन गराइउको दाबी गरे । अध्यक्ष थापाले हालसम्म १२ लाख जनाको धर्म परिवर्तन गराउने काम भएको बताए । केही दिनअघि नेपालमा भएको धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनमा सरकारको तामझामपूर्ण उपस्थितिप्रति उनले आपत्ति जनाए । ‘सरकारका प्रधानमन्त्री नै सहभागी हुनु संविधानको भावना विपरीत हो । अल्पसंख्यकलाई रिझाउने नाममा सरकारले बहुसंख्यकलाई आघात… पुरा पढौ

आतसबाजीको रिटमा कारण देखाऊ आदेश

सामाजिक अभियन्ता रामबहादुर पौडेलले पुस १७ गते राति लेकसाइड क्षेत्रमा पटकाजन्य पदार्थ नपडकाउन माग गर्दै दर्ता गरेको रिटमा शुक्रबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ । पौडेल राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समितिका अध्यक्ष हुन् । पौडेलले बिहीबार पोखरा महानगरालिका, जिल्ला प्रशासन लगायतलाई विपक्षी बनाएर निषेधाज्ञा परमादेशसहितको आदेश माग गर्दै रिट दर्ता गरेका थिए । रष्ठ अधिवक्ताद्वय तीलक पराजुली र विश्व घिमिरेको वहसपछि मुख्य न्यायाधीश कुमार चुडालले निवेदकको माग… पुरा पढौ

कांग्रेसमा अब ८ सहमहामन्त्री, कोषाध्यक्षबाहेक सबै चुनावबाट

नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने सहमति भएको उनले बताए । शुक्रबारै बसेको केन्द्रीय समिति बैठकले यो प्रस्ताव पारित गरेको छ… पुरा पढौ

सल्यान कपुरकोटमा भीरबाट बस खस्यो, १६ को मृत्यु

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा शुक्रबार बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक… पुरा पढौ

श्रीमती बलात्कार अभियोगमा पक्राउ

ताप्लेजुङमा २० वर्षिय श्रीमतीलाई करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्लाको श्रीजंघा गाउँपालिका वडा नं ४ तेल्लोक वस्ने २४ वर्षिय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ८ गते आफ्नै २० वर्षिय श्रीमतीमाथी करणी गरेको ति पुरुषमाथी आरोप छ । उनलाई ईलाका प्रहरी कार्यालय दोभानवाट खटिएको प्रहरीको टोलीले बुधवार आठराई त्रिवेणी गाउँपालिकाको चाँगेवाट पक्राउ गरेको प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । ती पुरुषलाई अनुसन्धान… पुरा पढौ

दीपक मनाङ्गे धरौटीमा छुटे

सर्वोच्च अदालतको आदेशले दीपक मनाङ्गे भन्ने राजीव गुरुङ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागारले वहिीबार नै थुनामुक्त गरेको छ । प्रदेशसभा निर्वाचनमा मनाङबाट स्वतन्त्र तफृबाट विजयीसमेत भएका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई गत ७ वैशाखमा प्रहरीले पक्राउ गरि जेल पठाएको थियो ।  उनी प्रहरीको आँखा छल्दै बस्दै आएका थिए । मनाङ्गेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा… पुरा पढौ