जलस्रोत तथा सिंचाई विकास डिभिजनका कार्यालय प्रमुख पक्राउ

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ पक्राउ परेका छन् ।

निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट नौ लाख चौतीस हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।

श्रेष्ठले सेवाग्राहीको ठेक्काको दोस्रो रनिङ बिल भुक्तानीको लागि रकमको अभाव भएको र भुक्तानी अंकको १० प्रतिशतले हुने रकम दिएमात्र रकम छिटो निकाशा गरी भुक्तानी दिन सकिने भनी घुस लिएको र उनीविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले बताए ।