इटहरी उपमहानगरका लेखा अधिकृत पोख्रेलविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकाश पोख्रेललाई भ्रष्ट्राचारको अभियोगमा मुद्धा दायर गरेको छ ।

अख्तियारले लेखा अधिकृत पोखरेललाई उपमहानगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गरेबापत ६५ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

अख्तियारले लेखा अधिकृत पोखरेल माथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर अपराध भएको भन्दै ६५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९ग० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको जनाएको छ ।