बिद्युत प्राधिकरणका हाकिम सबा करोडका चेकसहित पक्राउ

नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक रितेश गुप्ता पक्राउ परेका छन् ।

गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाको भुक्तानी दिन भनी पहिले नै चेक काटेका थिए । उनी ती चेक लिएर काठमाण्डौंतर्फ जाँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

गुप्तालाई शंकास्पद रुपमा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँका हस्ताक्षर भइसकेका चेकहरुसहित सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ९ बाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।