कुलमानको पुनर्नियुक्ति प्रस्ताव विचाराधीन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना अझै रहेको जनाएको छ।

पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले बिहीबार फेसबुकमार्फत घिसिङलाई दोस्रो कार्यकालका लागि पनि नियुक्ति दिन पेस गरिएको जनाएका छन् । उनले प्रस्ताव मन्त्रिपरिषद् बैठकमा विचाराधीन नै रहेको र प्रस्ताव पाश हुन अपेक्षासमेत गरेका छन् ।