वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गर्ने निर्णय

सरकारले सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनका लागि सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

बैठकले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णयसमेत पनि गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिबारे कुनै निर्णय बैठकले गरेन ।