सिन्धुपाल्चोकमा भूकम्प, वर्सेनि बिपत्तिको मार

बुधबार बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसले काठमाडौं उपत्यकालाई नराम्ररी हल्लाएको छ।राम्चे काठमाडौंदेखि ६३ किलोमिटर उत्तरपश्चिममा पर्छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गरे । ‘बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ,’ उनले भने । भूकम्पछि मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए।

सिन्धुपाल्चोकमा २०७१ बाट अहिलेसम्म प्राकृतिक विपत्तिमा ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले २०७१ यता बाढीपहिरो, भूकम्प लगायतका प्राकृतिक विपत्तिबाट १ हजार ५ सय ६५ जना घाइते र ४६ जना बेपत्ता छन्।

०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा ३ हजार ५ सय ७१ जनाको मृत्यु भएको थियो भने १ हजार ५ सय ६५ जना घाइते भएका छन्। ८ जना बेपत्ता छन्।

गत असार २४ गते बाह्रविसे ५ को जम्बु बजारमा माथिबाट आएको पहिरोले बस्ती पूरै पुरिएर २ जनाको मृत्यु भयो भने १७ जना बेपत्ता भएका छन्। भोटेकोसी गाउँपालिकाको बुल्कुटे पहिरोमा १ जनाको मृत्यु भयो भने ३ जना अझै बेपत्ता छन्।

असार ३१ गते राति भोटेकोसी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोमा परी एकै परिवारका ५ जनाको मृत्यु भयो भने साउ १८ गते राति मेलम्ची नगरपालिकाकोे मेलम्ची बजारनजिकैको पहिरोमा परी ८ मजदूरको मृत्यु भयो। सोही राति बरुवा स्वास्थ्यचौकीसँगै जोडिएको घर पहिरोले बगाउँदा २ जनाको मृत्यु भयो।

साउन ३० गते बिहान जुगल गाउँपालिका २ गोल्चेस्थित लिदिमा गएको भीषण पहिरोमा ३७ पुरिँदा बेपत्ता भएका ३९ जनामध्ये ३७ जनाको शव भेटिएको छ भने २ बेपत्ताा भएका छन्।