महेन्द्र र चमेरे गुफाका लागि २२ करोड

- चिडियाखानादेखि बालबालिकालाई क्लाइम्बिङ स्थल बनाउने योजना

गतवर्ष मात्रै पोखराको दुईवटा गुफालाई व्यवस्थित र संरक्षण गर्ने उद्देश्यसहित गुरुयोजना तयार गरियो ।

तयार पारिएको गुरुयोजना अन्तर्गत केही काम शुरु गरिएको छ । महेन्द्र गुफा चमेरे गुफा सचिवालयका अनुसार दुई गुफाको लागि २२ करोडको योजना बनाइएको हो ।

महेन्द्र गुफा संरक्षण र सम्बद्र्धन गर्दै आएको विन्ध्यवासिनी माविले एक करोड रुपैयाँको लागतमा नाला निर्माण तथा सिमेन्टयुक्त ढलान बाटो, रेलिङ तथा ढुंगा विच्छ्याउने काम गरेको छ । गण्डकी प्रदेश सरकारकै लगानीमा महेन्द्र गुफा भित्र ४८ लाखको लागतमा बालबालिकाको लागि खेल्ने सामान जडान गरिदैं छ । साढे तीन करोड रुपैयाँको चिल्ड्रेन पार्क बनाउन शुरु गरिएको छ ।

‘चैत देखि लकडाउनकै कारण गुरुयोजनाका काम प्रभावकारी रुपमा हुन सकेको छैन्’ सचिवालय प्रमुख शिशिर पौडेलले भने–‘सरकारले बजेट दिए योजनालाई मूर्त रुप दिन धेरै वर्ष लाग्दैन् । तर बजेट नआए वर्षैसम्म पुरा हुदैनन् ।’ उनका अनुसार विद्यालयले महेन्द्र गुफा भित्र पानी छिर्दा निम्त्याउने समस्या न्युनिकरण गर्न चारैतिर नाली निर्माण गरिएको छ ।

गुरुयोजना अन्तर्गत गुफा भित्रै बालिबालिकालको लागि व्यवस्थित खेल मैदान निर्माणको योजना छ । मनोरन्जनात्मक साधनहरु जडान गरिने छ । सपिङ कम्प्लेक्स निर्माण, गुफा भित्रै मिनी चिडियाखाना(जु) निर्माण गर्ने समेत गुरुयोजनामा समेटिएको उनले बताए ।

गन्धर्व संग्रहालय, फ्लावर गार्डेन, एउटा रुखदेखि अर्को रुखसम्म जम्प गर्ने ‘रोप’, बालबालिकालाई लक्षित गर्दै क्लाइम्बिङ निर्माण गर्ने योजना समेत छ । ‘सबै योजनाको लागि २२ करोड रुपैयाँको छ । महेन्द्र गुफालाई १८ करोड र चमेरे गुफाको लागि ४ करोडको योजना सार्वजनिक गरिएको हो ।’ उनको भनाई थियो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा पनि लुकेर रहेका पर्यटकीय आर्कषणलाई विश्व वजारमा पु¥याउनु पर्नेमा जोड दिए । उनले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको पर्यटन विकासमा सरकार केन्द्रित रहेको बताउँदै व्यवस्थित विकासवाट मात्रै समृदि हासिल गर्न सकिने बताए । कोरोनाका कारण प्रभावित भएका व्यवसायलाई माथि उकास्न सरकारले विशेष पहलगर्ने वताउदै मन्त्री लम्सालले भने–‘ कोरोनाले थिलो परेको पर्यटन व्यवसाय अव छिट्टै उकासिन्छ ।’

वातावरण संरक्षणगर्ने हेतुले महेन्द्र गुफा पुर्वाधार निर्माण समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश सदस्य कृष्ण थापाले विकासका नाममा राजनीति गर्नु गलतहुने बताए । सबैको प्रयासवाट मात्रै समृद्धि हासिल हुने जिकिर गरे । सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण सवै क्षेत्र संकटमा परेको वताउँदै आर्थिक राहतप्याकेज ल्याउन सरकारलाई सुझाव दिए । प्रदेशकै अर्का सदस्य प्रभा कोईरालाले पोखरामा रहेका पर्यटकीय क्षेत्रलाई सर्किटका रुपमाविकास गर्नुपर्नेमा जोड दिईन ।

समितिको आयोजनमा गुफा परिसरमा पारिजात, कल्की, कपुर, गोदावरी, धुपी लगायतका विभिन्न प्रजातीका एक सय ५० वटाविरुवा रोपिएको छ । पोखरा १६ कावडाध्यक्ष जीवनप्रसाद आचार्य, विन्ध्यवासिनी मा.वि वाटुलेचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्राथापा, समितिका सदस्य केशव बस्नेत, पत्रकार शिशिर पौडेल लगायतले पोखरा भित्रिने पर्यटक एकै ठाउँमा केन्द्रित हुदाँ आसपासका अन्य पर्यटकीय क्षेत्र ओझेलमा परेको भन्दै गुनासो गरे ।

कोरोना संक्रमणका कारण महेन्द्र गुफा र चमेरे गुफा चैतको पहिलो साता देखि वन्द रहेको छ । वन्दको ४ महिनामामात्रै अघिल्लो आ.वमाभन्दा १ करोड ७४ लाख रुपैया आम्दानी कम भएको महेन्द्र गुफा चमेरे गुफा सचिवालयले जनाएको छ ।