जग्गा प्राप्ति नहुदाँ ल्याण्डफिल साइट बनाउन सकस

पोखरामा दैनिक १५० टनसम्म फोहोरजन्य बस्तु उत्पादन हुन्छ । बजारसँगै जनघनत्व बढ्दै गएको छ । १६ वर्षअघि बनाइएको ल्याण्डफिल साईटको आयु सिद्धिएको छ ।

१५ वर्षलाई लक्षित गरी बनाइएको ल्याण्डफिल साईटले नै पोखराको फोहोर थेग्दै आएको छ । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भईरहेको ल्याण्डफिल साईट पोखरा–१४ बाच्छेबुडुवामा फोहोर फाल्न रोकिन्छ । तर बैकल्पिक ल्याण्डफिल साईट भने अझै बनाउन सकिएको छैन् ।

एक वर्षपछि विमानस्थल सञ्चालनमा आउनेछ । विमानस्थल सञ्चालनमा आएपछि ल्याण्डफिल साईट सम्भवत पूर्णरुपमा बन्द हुने छ । पोखरा महानगरपालिकाले ल्याण्डफिल साईट बनाउन पोखरा–३३ मा आवश्यक जग्गासहित अध्ययनसमेत गरेको थियो ।

तर स्थानीयबासिसँगको छलफलमा अवरोध हुदैं आएको छ । ‘एयरपोर्ट अपरेशनमा आईसकेपछि बैकल्पिक ल्याण्डफिल साईट बनाउनै पर्छ । ल्याण्डफिल साईट बनाउन उपयुक्त ठाँउमा स्थानीयको अवरोध छ,’ पोखरा महानगरपालिकाका बातावरणीय इन्जिनियरि भुवनेश्वर तिमिल्सिनाले भने–‘जग्गा प्राप्त नहुदाँ गाह्रो भएको छ ।’

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भईरहेको ल्याण्डफिल साईट पोखरा–१४ बाच्छेबुडुवामा फोहोर फाल्न रोकिन्छ ।

पोखरा–३३ मा झण्डै १ हजार रोपनी क्षेत्रफल छ । तर स्थानीय सरोकारवालासँगको छलफल अवरोध हुदैं आएको छ । ल्याण्डफिल साईट व्यवस्थित नहुदाँ त्यसले बातावरणीय असर गर्ने उनको भनाई थियो । फालिएको फोहोरबाट हुने लिकेजले तल्लो तटिय क्षेत्रमा बस्ने मानिसलाई हानी पु¥याउने उनले बताए । उनका अनुसार ल्याण्डफिल साईटबाट बग्ने पानी ट्रिटमेन्ट गरेरमात्रै खोलामा मिसाउनुपर्छ । ‘ल्याण्डफिल साईट ‘लिचेट’(पानी बग्ने) भएर त्यसलाई ट्रिटमेन्ट नगरी सिधै खोलामा मिसाउँदा गम्भीर असर गर्छ’ ईन्जिनियर तिमिल्सिनाले भने–‘लिचेट निकै हानिकारक हुन्छ । त्यसले मानिसलाई छालाको क्यान्सर, फोक्सो, मिर्गौला लगायतमा असर पु¥याउँछ ।’

ल्याण्डफिल साईट एयरपोर्टदेखि ४ किलोमिटर दुरीमा बनाउनुपर्छ । जग्गा प्राप्ती नहुदाँ ल्याण्डफिल साईट बनाउने सम्भावना कमजोर हुदैं गएको छ । ‘अध्ययनमै छौं तर स्थानीयको अवरोध छदैंछ ।’ उनले भने । ईन्जिनियर तिमिल्सिनाका अनुसार फोहोर डम्पिङ गर्नुमात्रै समाधान नहुने भन्दै त्यसलाई कालान्तरसम्म बातावरण असर नपर्ने गरी बनाउनुपर्नेमा ध्यान दिनुपर्ने खाँचो औंल्याए । घरबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाएर राख्नुपर्छ । कुहिने बस्तु घरमै कम्पोष्ट मल बनाउन सकिन्छ । नकुहिनेलाई एक ठाँउमा डम्पिङ गर्न सकिन्छ ।

ल्याण्डफिल साईट विशेष गरी मेकानिकल र बायोलोजिकल हुने भन्दै मेकानिकल खर्चिलो हुने उनले बताए । मेकानिकलमा अक्सिजनसँग कन्ट्याक्ट गरेर फोहोर निस्कने लिक्विड(झोल)लाई ट्रिटमेन्ट गरेर खोलामा मिसाउनुपर्छ । बायोलोजिकलमा विरुवा रोप्नुपर्छ । पानीमा रहेको व्याक्टेरिया सोस्ने विरुवा लगाउनुपर्छ । विरुवा बढेको अवस्थामा काट्नुपर्छ । डम्पिङ साईट आफैंमा ग्यास च्याम्बर हो । आगजनीको खतरा समेत हुन्छ । त्यसको लागि पाईप ठाँउ ठाँउमा राखेर व्यवस्थित गर्नुपर्ने सुझाव इन्जिनियर तिमिल्सिनाको थियो । डम्पिङसाईटबाटै उत्पादित ग्यासलाई स्थानीयलाई वितरण गर्नेतर्फ ध्यान दिनुपर्छ ।

ल्याण्डफिल साईट निर्माण गर्न ५० करोड रुपैयाँ खर्च हुन्छ । १६ वर्षअघि निर्माण गरिएको ल्याण्डफिल साईटको लागि पोखरा महानगरपालिकाले १४ करोड रुपैयाँ खर्च गरेको थियो ।

ल्याण्डफिल साईट निर्माण गर्न ५० करोड रुपैयाँ खर्च हुन्छ । १६ वर्षअघि निर्माण गरिएको ल्याण्डफिल साईटको लागि पोखरा महानगरपालिकाले १४ करोड रुपैयाँ खर्च गरेको थियो । महानगर तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत एक दर्जन सवारी साधनबाट महानगरपालिकाको ३३ वटै वडामा फोहोर संकलन हुदैं आएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीका अनुसार ल्याण्डफिल साईटको लागि अध्ययन भईरहेको स्पष्ट पारे । उनले अध्ययनको लागि महानगरपालिकाले २५ लाख रुपैयाँ समेत छुट्टाइएको जानकारी दिए ।

महानगरपालिकाले ल्याण्डफिल साईटको अध्ययनकै लागि रातो किताबमा बजेट छुट्टाएको छ । फोहोर व्यवस्थापन गर्न महानगरपालिकाले वडा नं ३२ र ३३ को तल्लो तटिय क्षेत्रमा अध्ययन गरिएको उनको भनाई थियो । महानगरपालिकाले फोहोर फाल्न ३३ वटा सवारी साधन प्रयोग गर्दै आएको छ ।

फोहोर उठाउन महानगरपालिकाले विभिन्न ७ वटा निजी कम्पनीसँग साझेदारी गर्दै आएको पोखरा महानगरपालिकाका सरसफाई शाखाका अनुसार ७ वटा कम्पनीका सवारी साधनले दैनिक फोहोर उठाउँदै आएका छन् । लेखनाथ क्षेत्रमा हेर्ने कम्पनीले ८ वटा वडाको फोहोर उठाउँछ । बजार क्षेत्रका वडाहरुमा भने एउटा कम्पनीले २ देखि ४ वटा वडाको फोहोर उठाउने गरेका छन् ।

तस्बिर फाईल : पोखरा–१४ बाच्छेबुडुवास्थित ल्याण्डफिल साईट ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।