बागलुङ बसपार्कमा जिपको ठक्करले स्कुटर चालकको मृत्यु

पोखरा बागलुङ बसपार्कमा जिपले ठक्कर दिँद एक स्कुटर चालकको मृत्यु भएको छ ।

शनिबार राति ९ बजे बाग्लुङ बसपार्क अगाडि बाग्लुङ पोखरा सडक खण्डमा हरिचोकबाट जिरो किमीतर्फ जादै गरेको ग १ ज ५८९६ नंम्वरको जिपले बाग्लुङ बसपार्कबाट बाटो क्रस गर्ने क्रममा ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँएको थियो ।

ठक्करबाट घाइते स्कुटर चालक माछापुछ्रे गाउँपालिका ७ धम्पुस की २६ वर्षीया तारा विकलाई उपचारका लागि फिस्टेल अस्पताल पठाईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले दुवै सवारी साधन र जिप चालकलाई नियन्त्रणमा घटनाको विषयमा थप अनुसन्धान भईरहेको जानकारी दिए ।