कोरला नाका छिट्टै खुल्छ, पूर्वाधार बनाउँछौं : ज्ञवाली

चिनसंग सीमाना जोडिएको उत्तरी कोरलानाका छिट्टै खुलाउन नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने सरकारका प्रवत्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताएका छन् । काठमान्डौंबाट बुधबार हेलीकोप्टर मार्फत कोरलानाका पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले कोरलानाका खुल्ने कुरामा ढुक्क रहन स्थानीयबासीलाई आश्वासन दिएका छन् ।

मन्त्री ज्ञवालीले कोरलानाका निकै संम्भावना बोकेको नाका भएकाले यसलाई संञ्चालनमा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने जनाए । सरकारले चाँडो भन्दा चांँडै कोरलानाका संञ्चालनमा ल्याएर जिल्ला, प्रदेशको मात्र होईन समग्र देशकै भाग्य रेखा कोर्नसक्ने बनाउन सरकार लागि परेको स्थानीयबासीलाई जानकारी गराए ।

उनले गत वर्ष चिनका राष्ट्रपति सिजिपिङ नेपाल आउँदा कोरलानाकासहित लिजी नेशन नाका,रसुवागढी नाका ,हिल्सा नाका ,किमाथान्का नाका लगायतका ६ नाका खोल्न भनेर सम्झौता गरेको र त्यसलाई चिनले औपचारिक रुपमै सहमति जनाई सकेको खुलासा गरे ।

‘अब सबै चिजको ढोका खुल्ला भईसकेको छ । कोरलामा भन्सार ,अध्यागन ,क्वारेन्टाईन ,सुख्खा बन्दरगाह र चेकपोष्ट लगायतका एकिकृत भन्सार पूर्वाधार निर्माण गर्ने दिशामा अघि बढ्छौ,‘ परराष्ट्र मन्त्री ज्ञवालीले भने‘कोरलानाका छिटो भन्दा छिटो संञ्चालन गर्न सरकार तदारुकताका साथ लाग्छ । यो नाका २ देशको मात्र होईन यसलाई सरकारले अन्तराष्ट्रिय नाकाको रुपमा लैजान चाहेको छ ।’

मन्त्री ज्ञवालीले नाका संञ्चालन गर्नका लागि सरकारले चिनसंग व्यापार तथा पारवहन सम्झौता समेत गरिसकेको उल्लेख गरे । मन्त्री ज्ञवालीले कोरलानाका संञ्चालन भयो भने नेपालले चिनको बाटो भएर समुन्द्री बन्दरगाह सम्म पुग्नसक्ने र त्यहाँबाट अरु विभिन्न देशसंग व्यापारीक संम्वन्ध समेत बिस्तार गर्न सक्ने बताए ।


‘कोरलानाका देशकै गौरवमय नाका हो । यो प्राचिन रेशमी मार्ग अर्थात शिल्क रोडको एक हाँगा पनि हो ,‘ मन्त्री ज्ञवाली भने ‘ हजारौ वर्ष पहिले यही मार्ग हुँदै भारतीय व्यापारी चिन पुग्थे र चिनियाँ भिक्षुहरु पनि लुम्बिनी र भारतको पटना सम्म पुग्ने गथ्र्ये ।’

कोरलानाकामा एकिकृत भन्सार लगायतका पूर्वाधार निर्माणकार्य सुरु गर्न सरकार अग्रसर रहने र त्यसका लागि यही कार्यकालमा सरकारले पूर्वाधार निर्माणका लागि अप्रशेननै थाल्ने स्थानीयबासी समक्ष प्रतिबद्धता जनाए । मन्त्री ज्ञवालीले उपल्लो मुस्ताङबासी समक्ष बेनी÷जोमसोम ÷कोरला सडककालाई अबको २ वा ३ वर्ष भित्र पूरा गरी छाड्ने दावी समेत गरे ।मन्त्री ज्ञवालीले लोमान्थाङमा आयोजित कार्यक्रममा उपल्लो मुस्ताङ जिवित कला—संस्कृतिको खुला संग्रालय रहेको र जहाँको मौलिकताले हिमाली संस्कृति जोगाएर राखेको बताए

यहाँको दरबार,मन्दिर ,गुम्बा र छोर्तेन आदी अद्धितिय गहना रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले संसारकै मुल्यवान महङ्गो पर्ने यूरोनियम धातुको भण्डार यहाँ रहेकाले यसको समुचित व्यवस्थापन तर्फ सरकारले ध्यान दिने जनाए । मन्त्री ज्ञवालीले चिनसंग कोरलानाकामा ईकोनोमिन्स (व्यापारीक ) जोन बनाउनका लागि सहमती भईसकेको खुलासा गरे । जोन निर्माण भएको अवस्थामा उद्योग धन्दा र विभिन्न प्रोसेसिङ खोल्न सकिने मन्त्री ज्ञवालीको भनाई छ ।

परराष्ट्रमन्त्रीसंगै कोरलानाका पुगेका अर्का उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरलानाका संञ्चालन तथा पूर्वाधार निर्माण प्रक्रियाका लागि पटक÷पटक सचिव स्तरीय वार्तासम्वाद भईसकेको जानकारी गराए । कोरलानाकामा आरसिपिको लागि डिपिआर गर्न यही आर्थिक वर्षभित्र संम्पन्न गरी स्थानीय स्तरमा हस्तान्तरण गर्ने सरकारको योजना रहेको मन्त्री भट्टले बताए ।मन्त्री भट्टले यो मन्त्री स्तरीय भ्रमण मात्र नभई यहाँको समग्र वस्तुस्थितीलाई अवलोकन गरी कार्यान्वयनको चरणमा लैजान सरकारको टोली मुस्ताङ आएको उल्लेख गरे ।

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले अर्थ मन्त्रीले पटक÷पटक बजेट भाषणमा कोरलानाकाको पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भएको जनाएपनि त्यो अझै कार्यान्वयनमा आउन नसकेको दुखेसो सुनाए । सांसद तुलाचनले कोरलानाकाको संम्पूर्ण अवस्था पटक÷पटक सरकारलाई अपडेट गरेको भएपनि त्यसतर्फ चाँसो नगएको उल्लेख गरे ।प्रदेश सांसद ईन्द्रधारा बिष्टले उच्चपदस्थ मन्त्री स्तरीय कोरला भ्रमणको रिपोटिङले कोरलानाका संञ्चालन हुन्छ भन्नेमा केही आशा पलाएको बताए ।


यस्तै ,उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउपालिकाका दुई अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र सुवर्णकुमार बिष्टले कोरलानाका छिटो भन्दा छिटो संञ्चालनमा ल्याउन सरकारले यथाशिघ्र पहल गर्नुपर्ने बताए । उनीहरुले कोरलानाका मुस्ताङीहरुको भगवान सरह भएकाले अव नाका खोल्न सरकारले ढिलासुस्ती गर्न नहुने उल्लेख गरे ।

मन्त्री स्तरीय भ्रमणले मात्र कोरलानाका खोल्छ भन्नेमा मुस्ताङबासी अझै विश्वस्त नरहेको जनाउदै दुई अध्यक्षले नाका खोल्नका लागि मुस्ताङबासी जनता सिंह दरबारमा पटक÷पटक धाउन सक्ने जनाए । उपल्लो मुस्ताङका दुई अध्यक्षले सरकारका प्रतिनिधि समक्ष बेनी—जोमसोम—कोरला सडकको स्तरोन्नति तलबाट नभई कोरलाबाटै ग्राभेल र कालोपत्रे गरिनु पर्ने सुझाए ।

कोरलानाकामा भौतिक पूर्वाधार निर्माणको संम्भाव्यता अध्ययनका लागि परराष्ट्रमन्त्री ज्ञवाली सहित उद्योग बाणिज्य मन्त्री भट्ट ,संघीय सांसद प्रेमप्रसाद तुलाचन ,प्रदेश सांसदहरु ,परराष्ट्र सचिव ,बाणिज्य सचिव ,खानी तथा भुगर्व विभागका महानिर्देशक ,सडक विभागका सुई र भन्सार विभागका महानिर्देशक लगायतको टोलीको उपस्थिती रहेको थियो । टोलीले कोरलानाकासहित लोमान्थाङमा रहेको यूरेनियम पहाडको समेत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिईन् ।

चिनसंग सिमाना जोडिएको उत्तरी कोरलानाकामा चिन पक्षले भन्सार ,अध्यागनम लगायतका ठुला÷ठुला भौतिक संरचना निर्माण गरेको छ । चिनले कोरलामा २०७४ सालदेखि पूर्वाधार निर्माण गरेको र अहिले त्यो अन्तिम चरणमा पुगेको जनाईएको । तर ,नेपाल पक्षले कोरलानाकामा कुनै पूर्वाधार निर्माण गरेको छ । सरकारले गत वर्ष कोरलानाकामा भन्सार ,अध्यागनम ,सुख्खा बन्दरगाह लगायतका एकिकृत चेकपोष्ट निर्माण गर्न एक हजार रोपनी जग्गा नेपाल सरकारको नाममा लिईसकेको छ ।