सबै तहका परीक्षा हुने, २५ जनासम्म हुने तालिम पनि चल्ने

सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको छ ।

गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण पूर्वनिर्धारित परीक्षा र शैक्षिक क्यालेन्डर अनुसार हुनुपर्ने अरु परीक्षासमेत रोकिएका छन् । मन्त्रिपरिषदको आइतबारको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गरेको छ ।