बिजुलीको केन्द्रीय प्रशारण लाईनमा जोडियो लोमान्थाङ

साना माईक्रो हाईड्रोपावरबाट उत्पादित विजुलीकै भरमा उज्यालोमा बस्नुपर्ने बाध्यता लोमान्थाङबासीको अब अन्त्य भएको छ । कहिले आउने र कहिले जाने समस्याबाट ग्रसित लोमान्थाङबासीलाई केन्द्रीय प्रशारण लाईन विस्तार भएपछि अब अध्याँरोमै बस्नुपर्ने अवस्था भने आउने छैन् ।

लोमान्थाङ गाउँपालिकाको वडा नं ५ र लोघेकरको चराङमा माइक्रो हाईड्रो सञ्चालित छ । त्यसबाट उत्पादित विजुलीले दुईवटा वडाका बासिन्दाले उपयोग गर्दै आएका थिए । तर अब गाँउपालिका सबै वडामा उज्यालो पुग्ने छ । ‘गाँउपालिकाको सबै वडामा अब विजुली पुग्छ । केन्द्रीय प्रशारण लाईन जोडिसकिएको छ’ लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेशका सदस्य ईन्द्रधारा विष्टले भने–‘अब घर घरमा पुग्ने वितरण लाईन जडान गर्नुपर्ने छ ।’

केन्द्रीय प्रशारण लाईन मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका र लोघेकर गाँउपालिकामा तानिसकिएको थियो । लोमान्थाङ गाउँपालिकाको लाईन विस्तार तथा ट्रान्सफर्मर जडान कार्य भएको उनले बताए । ट्रान्सफर्मर छोनुप नजिकै चार्ज गरिएको थियो । अर्को तर्फ छोसेरमा समेत ट्रान्सफर्मर चार्ज गरिएको छ । ‘अब घर घरमा पु¥याउने वितरण लाईन विस्तार गर्नुपर्ने छ’ उनले भने–‘ नाङ्गो तारकै कारण घर घरमा राखिने दाउराले समस्या बनाएको छ ।’ चिसो मरुभूमी लोमान्थाङमा वर्षेनी पर्यटक उक्लिदैं गएका छन् ।

लोमान्थाङमा २९ किलोवाटको विद्युत उत्पादन हुदैं आएको छ । उत्पादित विजुलीले घर घरमा बत्ती बाल्न समेत पुग्ने अवस्था थिएन् । दशक अघि एक्याप, अमेरिकम हिमालयन फाउण्डेशन र स्थानीयबासिन्दाको संयुक्त लगानीमा निर्माण गरिएको विद्युतगृहले जेनतेन गुजारा भने गर्दै आएका छन् । अहिले बस्ती बाक्लिएको छ । १४० घरपरिवार छन् । ८ सय भन्दा बढी जनसंख्या छ । लोमान्थाङको पनि विभिन्न ठाँउमा बत्ती अझै पुगेको छैन् । मैनबत्तीको भरमा जीवन गुर्जानुपर्ने बाध्यता अझै छ ।

‘अब विजुलीको सहज हुन्छ ।’ उनले भने–‘सबै वडामा शाखालाईन विस्तार गरेर घर घरमा जडान गरिने छ ।’ केन्द्रीय प्रशारण लार्ईन मुस्ताङको सदरमुकाम जोमसोमदेखि तानिएको हो । जोमसोमदेखि लोमान्थाङ झण्डै १ सय किलोमिटर दुरी छ । अब चारै गाँउपालिकामा बासिन्दालाई विद्युतको पहुँच पुग्ने विश्वास प्रदेश सदस्य विष्टको छ । झण्डै ७ सय घरपरिवार बसोबास छ ।

विद्युत अभावको समस्या सुल्झाउन एक घर एक सोलारको अभियान समेत छ । सोलार बत्तीको लागि एक वडालाई १ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ । ‘मुस्ताङ हेरिटेज सेन्टर हो । हेरिटेज सेन्टरमा विद्युतीकरण गर्दै उज्यालो बनाउने योजनामा छौं ।’ उनको भनाई थियो–‘त्यसको लागि गण्डकी प्रदेश सरकारले प्रदेशका ११ जिल्लालाई ४० करोड छुट्टाएको छ ।’

विद्युत प्रशारण लाईनको लागि केन्द्रीय विद्युत प्राधिकरणले १ करोड १३ लाख रुपैयाँ बजेट छुट्टाएको थियो । छुट्टाईएको बजेटले विद्युत नपुगेको वडाहरुमा विद्युत पोल विस्तार गरिदैं छ ।


लोमान्थाङमा विद्युतीकरण गर्नको लागि केन्द्रीय विद्युत प्राधिकरणले पनि चासो दिदैं आएको थियो । विद्युत प्रशारण लाईनको लागि केन्द्रीय विद्युत प्राधिकरणले १ करोड १३ लाख रुपैयाँ बजेट छुट्टाएको थियो । छुट्टाईएको बजेटले विद्युत नपुगेको वडाहरुमा विद्युत पोल विस्तार गरिदैं छ ।
लोमान्थाङका मुखिया ज्ञानेन्द्र (घिर्मी वाङ्गेल) विष्टले लोमान्थाङ क्षेत्रका सबै वडाहरुलाई विद्युतीकरण गर्नुपर्नेमा जोड दिए ।

‘विद्युतीकरण गर्दै उज्यालो अभियानमा छौं’ उनले भने–‘उज्यालो नै विकासको प्रतीक हो । त्यसैले विद्युतीकरण तर्फ ध्यान दिएका छौं । केन्द्रीय प्रशारण लाईन तानिएको छ ।’ सबै क्षेत्रमा विजुलीको पहुँच पुर्याउन सकिए लोमान्थाङको विकास र विस्तारमा नयाँ आयाम हुने उनको भनाई थियो

लोमान्थाङमा तानिएको विद्युतको केन्द्रीय प्रशारण लाईन ।

तस्बिर : ईन्द्रधारा विष्टको फेसबुक