समाचार

कुन्ति मलमा व्यवसायिक समितिमा मुक्ति

पोखरा पृथ्वीचोकमा रहेको व्यावसायिक भवन कुन्ति मलका व्यवसायीको भेलाले मुक्तिप्रसाद पनेरुको अध्यक्षतामा कुन्ति मल व्यावसायिक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष लीलाबहादुर गुरुङ, सचिव हरिप्रसाद पोखरेल, कोषाध्यक्ष अनिता पौडेल र सदस्यमा विकास न्यौपाने, रविराज घिमिरे, इराना वजिमय, गंगा अर्याल, पुष्पराज पौडेल, सागर शर्मा, रमा अर्याल, रीता पौडेल र ओमप्रसाद सुवेदी छन् । सल्लाहकारमा निरञ्जन वजिमय, प्रभु गुरुङ, जगदीश अधिकारी र टीका गुरुङ छन् । मलमा कपडा, जुत्ता, चप्पल, डिमार्टमेन्टल… पुरा पढौ

मुक्तिनाथबाट फर्किदा बाइकबाट खसेर ज्यान गयो

मुक्तिनाथ दर्शन गरी फर्किने क्रममा मोटरसाइकलबाट खसेर एक जनाएको मृत्यु भएको छ । मुक्तिनाथबाट फर्किने क्रममा बुधबार थासाङको ३ धम्पु मेलकुनामा ग ९ प ४६०६ नम्बरको मोटरसाइकलमा पछाडि सबार बसेर तनहँुको घिरिङ ४ का २८ वर्षीय जितबहादुर रानाभाटको मृत्यु भएको हो । एउटै मोटरसाइकलमा ३ जनाले यात्रा गर्दै दुर्घटना भएको प्रहरीले जनाएको छ । उनीहरुले मापसेसमेत गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले रानाभाटका २ साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान… पुरा पढौ

संकटसँग जुध्न आधा घरभाडा छुट

कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको १ व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले मलमा रहेका ५ सय ३ सटरमा सञ्चालित २ सय ५२ व्यापारिक प्रतिष्ठानलाई चैत महिनाको भाडामा आधा छुट दिने भएको हो । २०७२ असोज २४ गतेदेखि सञ्चालनमा आएको गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सो मलले कोरोनाका… पुरा पढौ

अस्पतालको चर्पीबाट भागे थुनुवा

कास्की कारागारमापुर्पक्षका लागि थुनामा रहेका प्रीतिमान तामाङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट भागेका छन् । बालविवाह र जबरजस्ती करणी मुद्दामापुर्पक्षका लागि थुनामा रहेका २२ वर्षीय तामाङलाई बिहीबार अस्पताल लगिएको थियो । तामाङलाई बुधबारदेखि पिसाब रोकिने समस्या भएको थियो । चेकजाँचपछि औषधी खुवाउन उनलाई अस्पतालको क्याटिनमा लगिएको थियो । दिउँसो साढे ३ बजे दिसा गर्नचर्पी छिरेका तामाङ झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता इन्सपेक्टर नरहरि अधिकारीले जानकारी दिए । गत माघ २… पुरा पढौ

एसइई दिन आएकी किशोरीको बसबाट खसेर मृत्यु

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान प्यूठान नगरपालिका वडा नम्वर ७ पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नम्वरको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो । उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नम्वर ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए । घाइतेलाई जिल्ला अस्पताल… पुरा पढौ

अब मापसे जाँच नहुने

कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने तर पहिले जस्तो मेसिन लगाएर चेक नगर्ने ट्राफिक प्रहरीले जनाएको छ । मापसे जाँच गर्दा संक्रमण फैलिने जोखिम हुने भएकाले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मका लागि  मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि स्थगित गरेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी… पुरा पढौ

बाँस्कोटाको घरमा विस्फोट गराएको आरोपमा थप ३ पक्राउ

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन २८ गते विस्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले नेत्रविक्रम… पुरा पढौ

म्याग्दीमा जीप दुर्घटनाहुँदा ९ घाइते,२ जना लाई पोखरा ल्याइयो

म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। दग्नामको कान्छीगाउँदेखि बेनी आउँदै गरेको ग२च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा दग्नामका सुकमाया गर्बुजा, भदेबी गर्बुजा ,हमाया पुन, मिन्जा पुन, युबी गर्बुजा, मनबहादुर तिलिजा ,बर्षा शेरपुन्जा ,तामिना शेरपुन्जा र अशिम गर्बुजा घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएकाको बेनीअस्पतालमा… पुरा पढौ

युवा संघ र तरुण दलका नेता जुवा खालबाट पक्राउ

युवा संघ र तरुण दलका जिल्ला नेतासहित ९ जना तासको खालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९ जनालाई बुधबार राती खोटाङको हलेसीबाट पक्राउ गरीएको हो । उनीहरुको साथबाट ७४ हजार ११० रुपैयाँ र तीन बुक तास बरामद गरी खोटाङको सदरमुकाम दिक्तेलको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले जानकारी दिएका छन् । पुरा पढौ

पार्किङ गरी राखिएको बसमा आगजनी

दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ। ३ महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिएका छन् । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नं को बसमा बुधबार राति आगजनी भएको हो । आगलागीबाट बस जलेर नष्ट भएको छ । गाडीमा लागाइएको आगो प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको थियो ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं