समाचार

बर्दीमै नेपाल छिरे भारतीय प्रहरी

चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन्। दैलेखकै एक युवकले ५० लाख भारतीय रुपैयाँ चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्। आज बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए। दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अहिले सोही विषयलाई लिएर छलफल भइरहेको जानकारी दिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३… पुरा पढौ

पनौतीमा अनिश्चितकालीन कर्फ्यु

टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को सुचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको  छ। सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिकाको मृत्यु भएपछि आक्रोशित आफन्तजनले पनौतीमा आन्दोलन गरेका थिए। सोमबार साँझदेखि भएको आन्दोलन नियन्त्रणमा नआएकोले कर्फ्यु जारी गरेको हो। आक्रोशित… पुरा पढौ

नेपालबाट भारत जाने बस बन्द

कोरोना भाइरसको जोखिम न्यूनकरणका लागि सरकारले नेपाल भारत बस सेवा बन्द गरेको छ । अहिले नेपालको एक दर्जनभन्दा बढी ठाउँबाट भारतका विभिन्न शहरमा सार्वजनिक बस चल्छन् । नेपाल भारतमैत्री बस सेवा २०७१ सालबाट सुरु भएको थियो। अहिले नेपालसँगै भारतबाट पनि बस सेवा सञ्चालन हुँदै आएको छ। अहिले नेपालको सुनौली, महेन्द्रनगर, नेपालगञ्ज, रक्सौला, जनकपुर र काकरभित्ता नाका हुँदै नेपाल भारतमैत्री बस सेवा सञ्चालन हुँदै आएको छ। नेपाल भारत बस सेवा पोखरा,काठमाडौं,बाग्लुङ,… पुरा पढौ

घट्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ। जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र मट्टितेलमा २ रुपैयाँ घटेको छ। अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको… पुरा पढौ

गाउंपालिकाको गेट्मै बम विस्फोट

बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको गेट नजिकै बम बिस्फोट भएको छ । आइतवार राति साढे एक बजे गाउपालिकाको गेट भन्दा ५० मिटरको दुरीमा बम बिस्फोट हुदा स्थानिय कर्मचारी तथा जनप्रतिनिधि चिन्तित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी टंकप्रशाद भट्राईका अनुसार गाउपालिका भन्दा केही पर पट्केको खबर आएको वताएका छन । बम बिस्फोटबाट कुनै क्षेति नभएपनि स्थानियहरु त्रसित बनेको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी… पुरा पढौ

भण्डारी दम्पतीको हत्यामा छोराकै संलग्‍नता

कञ्चनपुरको शुक्लाफांटा नगरपालिका ११ कलुवापुरमा गत फागुन १५ गते भएको दम्पती हत्याको घटनामा मृतककै छोराको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मृतक जय बहादुर भण्डारीका छोरा भरतलाई सोमबार पत्रकार सम्मेलन गरी अभियुक्तका रुपमा सार्वजनिक गरेको हो । भरतलाई आइतबार डडेलधुराको अमरगढी नगरपालिका–२ जगेनाबाट पक्राउ गरिएको हो । फागुन १४ गते राति भरतले नै ५२ वर्षीय जयबहादुर र उनकी श्रीमती २२ वर्षीया धनादेवीको हत्या गरेका थिए । पक्राउ परेका… पुरा पढौ

बिरामीको मृत्यपछि भैरहवा मेडिकल कलेज तनावग्रस्त

भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचारार्थ बिरामीको मृत्युपछि तनाव उत्पन्न भएको छ । सोमबार हस्पिटलमा दाँतको उपचारका लागि आएकी यमकुमारी पुनको मृत्युपछि आक्रोशित बनेका आफन्तले डाक्टरमाथि नै आक्रमण गरेका हुन् । बुढामगरेको मृत्युपछि आक्रोशित बनेका आफन्तले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै उपचारमा संलग्न डाक्टरलाई सोही कक्षमा प्रवेश गरेर कुटपिट गरेका थिए । उनलाई कुटपिट गरिसकेपछि बाहिर आएर अस्पतालका अन्य डाक्टरमाथि आक्रमण गर्दा २० जनाभन्दा बढी डाक्टरहरु घाइते भएका छन् । अहिले… पुरा पढौ

अब डाक्टर भीम रावल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले विद्यावारिधि पिएचडीको उपाधि लिएका छन् । पूर्वउपप्रधान, गृह र रक्षामन्त्रीसमेत भइसकेका रावलले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले रावलले विद्यावारिधि गरेको जनाएको छ । पुरा पढौ

२ थान पेस्तोलसहित १ पक्राउ

सशस्त्र प्रहरीको टोलीले दुई थान पेस्तोलसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–३ राजपुरका ४९ वर्षीय शेष बैतुल्ला छन्। उनलाई सुरक्षा बेश फतुवा रौतहटबाट खटिएको सशस्त्रको टोलीले सोमबार बिहान पक्राउ गरेको हो । उनको साथबाट चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान, वाल राउण्ड २ वटा, कटुवा पेस्तोल १ थान, मोबाइल २ थानलगायतका सामान बरामद भएको छ । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट… पुरा पढौ

बसबाट ओर्लिदा लडेर मृत्यु

दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं