एसओएसमा विज्ञान प्रदर्शनी
पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा विज्ञान प्रदर्शनी भएको छ । विद्यालयमा प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबले आयोजना गरेका हुन् । विद्यार्थीको लघुअनुसन्धान र प्रयोगात्मक परियोजनामा आधारित सामग्री नै प्रदर्शनीका प्रमुख आकर्षण थिए । विद्यार्थीले आफ्ना प्रदर्शनीलाई दैनिक र व्यावहारिक प्रयोजनसँग जोडेर प्रस्तुत गरेका थिए । तीव्र सहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरण असन्तुलनलाई समेत प्रदर्शनीको अर्काे विषय बनाइएको थियो । भौतिक विज्ञान, जीव…
पुरा पढौ
भारतमा नेपाली नाट्य अनुष्ठानको शाखा
नेपाल नाट्य अनुष्ठानको शाखा भारतामा गठन भएको छ । अनुष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखेलको अध्यक्षतामा हालै भएको भेलाले शाखाका रुपमा भारतीय नेपाली नाट्य अनुष्ठान गठन गरेको हो । नाटक विधाको विकास गर्ने अभिप्रायले गठित संस्थाको अध्यक्षमा डा. विजय रुचाल (सिलगढी) छन् । उपाध्यक्षमा डा. सुकराज दियाली (सिलगढी), महासचिव जिके शर्मा (सिक्किम), सचिव खेम सापकोटा (सिलगढी) र कोषाध्यक्षमा प्रणिषा रुचाल (सिलगढी) छन् । संस्थाका सदस्यमा राजु हिमांशु (खरसाङ) र उर्मिला घिसिङ…
पुरा पढौ
पर्वतमा २ सहकारीका ८ जना सञ्चालक पक्राउ
सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका…
पुरा पढौ
पोखरामा दन्त रोगको अन्तर्राष्ट्रिय सम्मेलन
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन नेपालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय मुख तथा दन्त स्वास्थ्य सम्मेलन पोखरामा भएको छ । सम्मेलनमा नेपाल र वंगलादेशका गरी १ सय ५० जना सहभागी थिए । कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सामाजिक विकास र स्वास्थ्य क्षेत्रमा बराबरी बजेट विनियोजन गरी जनस्वास्थ्यमा केन्द्रीत हुन खोजेको सुनाइन् । उनले सर्वसाधारणको दन्त तथा मुख स्वास्थ्यका समस्या समाधान गर्न र डेन्टल हाइजिनिस्टका माग सम्बोधन गर्न…
पुरा पढौ
अन्तर्राष्ट्रिय पर्यतीय संग्रहालयमा २२ गतेबाट महोत्सव
नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आएको पर्वतीय महोत्सव यस वर्ष पाँच दिन हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रामा आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो । यसअघि यो महोत्सव तीन दिन हुने गरेको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारी नेपाल पर्वतारोहण संघले आठ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ । आठौं…
पुरा पढौ
गण्डकी बहुप्राविधिकमा नयाँ विद्यार्थीलाई स्वागत
गण्डकी बहुप्राविधिक शिक्षालयले नयाँ शैंक्षिक सत्रका लागि शिक्षालय अन्तर्गतका बिभिन्न विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत गरेको छ । यो शिक्षालय स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीसँगको सहकार्यमा पोखरा महानगरपालिकाले चलाएको हो । यहाँ हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जिल्लाका करिब ४ सय विद्यार्थी छन् । शिक्षालयमा इन्जिनियरिङ, फार्मेसी, फरेस्टी, मन्टेसरी अन्तर्गतका ८ वटा विषयमा पढाइ हुन्छ । समारोहमा पोेखरा…
पुरा पढौ
फोर नेसन्स क्यानेडा सेमिनार १३ गते
चिप्लेढुंगामा रहेको फोर नेसन्स इन्टरनेसनलको पोखरा शाखामा मंसिर १३ गते बुधबार फोर नेसन्स क्यानेडा सेमिनार हुने भएको छ । क्यानेडा र अस्ट्रेलिया अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई लक्ष्य गरी सेमिनार आयोजना गरिएको हो । पोखराको चिप्लेढुंगामा रहेको फोर नेसन्सको कार्यालयमा बुधबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेमिनार हुनेछ । सेमिनारमा इमिग्रेसन लयरसमेत रहेका फोर नेसन्स इन्टरनेसनलका प्रिन्सिपल विलियम ई. डाइसले विद्यार्थी र अभिभावकका जिज्ञाशा मेटाउने छन् । डाइसले…
पुरा पढौ
एनसिडिए कास्की महासचिवमा मणिले उम्मेदवारी दिने
नेपाल औषधी व्यवसायी संघ(एनसिडिए) कास्कीको महासचिवमा हीरामणि(मणि) न्यौपानेले उम्मेदवारी दिने भएका छन् । कास्कीका औषधी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा जाने तयारीमा हुँदा मणिले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनााएका हुन् । पोखरा १३, मियाँपाटनमा रहेको नमस्ते फार्मेसियाका सञ्चालक मणि पोखरा उद्योग वाणिज्य संघको स्वास्थ्य उपसमिति सदस्य, एनसिडिए अतिरित्त क्रियाकलाप उपसमिति सदस्य, डिप्सानोका पूर्व केन्द्रीय महासचिव हुन् । उनी युआरएल हस्पिटलचोकका सञ्चालकसमेत हुन् । शुक्रबार र शनिबार पोखरामा हुने अधिवेशनका…
पुरा पढौ
पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु
पोखरा महानगरपालिका वडा नं. २९ मा करेन्ट लगाएर माछा मार्ने क्रममा सोमबार दम्पतीको मृत्यु भएको छ । पट्नेरीको खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्रीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए । करेन्ट लगाएर माछा…
पुरा पढौ
साढे ४ दशकका मुक्तक एउटै पुस्तकमा
सरुभक्तका तीन मुक्तक कृति प्रकाशित छन्, दुई अप्रकाशित । प्रकाशन भएर पनि बजारमा अप्राप्य भइसकेका पुराना कृति र अप्रकाशित कृतिका सबै मुक्तक एउटै पुस्तकमा बजारमा आएका छन् । नेपाल मुक्तक प्रतिष्ठान बेलायतले उहाँका मुक्तकहरुको सञ्चयन ‘सरुभक्तका मुक्तक’ प्रकाशन गरेको हो । आइतबार पोखरामा प्रतिष्ठान र मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको समारोहमा अग्रज कलाकार वात्स्यायन, मुक्तककार सरुभक्त, नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ लगायतले कृति सार्वजनिक गर्नुभएको हो । मुक्तक…
पुरा पढौ