समाचार

जनप्रियमा स्ववियु निर्वाचन रोकियो

जनप्रिय बहुमुखी क्याम्पसमा असहज परिस्थितिका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन भएको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालद्वारा हस्ताक्षरित अपिलमा त्रिभुवन विश्वविद्यालयको सूचना अनुसार चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन हाललाई स्थगन गरिएको जानकारी दिइएको छ । निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गरी केही विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको हो । निर्वाचन प्रक्रियालाई निर्धारित समयमा अघि बढाउन वार्ता तथा संवादका विभिन्न पहल गरिए पनि… पुरा पढौ

एपिएलमा युरिक एसिड सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब(एपिएल)ले युरिक एसिड जाँच सित्तैमा गरिरहेको छ । एपिएलले बुधबारबाट युरिक एसिडसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा विशेष छुट उपलब्ध गराउन थालेको हो । एपिएलकी अध्यक्ष गीता कार्की पन्थले चैत महिनाभर यो छुट अफर सञ्चालन हुने जनाइन् । नेपालीको जाडोमा हुने खानपिन, उठबस, भोजभतेर जस्ता कारणले युरिक एसिड, बाथका समस्या दखिने भएकाले यो योजना ल्याइएको उनको भनाइ छ । हर्माेन,… पुरा पढौ

पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग छलफल

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले मंगलबार पोखरा उपत्यकाका पथप्रदर्शकहरुसँग छलफल गरेको छ । पोखरा–१७, रातोपहिरोमा रहेको संग्रहालयले पोखरा सिटी टुर गाइड एसोसियसनमा आवद्ध पथप्रदर्शकहरुसँग संग्रहालय प्रवद्र्धनका लागि कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको सबैभन्दा आकर्षक मानव निर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले संग्रहालय प्रवद्र्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धतासमेत गरे । ‘यसको प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सघाउँछ,’ सचिव गुरुङले… पुरा पढौ

पोखरा १७ को टपरी गास्ने र धूपबत्ति बाट्ने प्रतियोगिता

पोखरा महानगरपालिका वडा नं १७ ले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा टपरी गास्ने तथा धूप वत्ति बाट्ने प्रतियोगिता आयोजना गरेको छ । टपरी गास्ने प्रतियोगितामा छिमेकी आमा समूह प्रथम हुँदै १० हजार रुपैयाँ नगद पाउँदा जनजागर आमा समूह द्वितीय हुँदै सात हजार पायो । लगनशील आमा समूह तृतीय हुँदै पाँच हजार, संकल्प आमा समूहले सान्त्वना स्थान हासिल गर्दै तीन हजार जिते । धूपवत्ति बाट्ने प्रतियोगितामा शितलपथ आमा समूह प्रथम हुँदै… पुरा पढौ

लायन्स डिस्ट्रिक ३२५ एमः गर्भनरमा धनीरामको मनोनयन

सोमबार द्वितीय भाइस डिस्ट्रिक गभर्नरमा मनोनयन गरेका किशोर बराल, गभर्नर धनिराम बराल र प्रथम भाइस डिस्ट्रिक गभर्नर रत्नप्रसाद पराजुली बाँयाबाट क्रमशः । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम नेपालको महाधिवेशन चैत ९ गते पोखरामा हुने भएको छ । आगामी कार्यकालका लागि डिस्ट्रिक गभर्नरसहित प्रथम भाइस डिस्ट्रिक गभर्नर र द्वितीय भाइस डिष्ट्रिक गभर्नरको सोमबार मनोनयन गरिएको छ । गभर्नरमा धनीराम बराल, प्रथम भाइस डिस्ट्रिक गभर्नरमा रत्नप्रसाद पराजुली र द्वितीय भाइस डिस्ट्रिक गभर्नरमा… पुरा पढौ

साकुरा मन्टेसरीका विद्यार्थी दीक्षित

पोखरा १० सौरभ मार्गमा अवस्थित साकुरा मन्टेसरीको १५ औं अभिभावक दिवस तथा दीक्षान्त समारोह शनिबार भएको छ । कार्यक्रममा साहित्यकार गौरी तमूले विद्यार्थीलाई दीक्षित गरिन् । आफ्नै पाठ्यक्रमबाट शिक्षण गराउँदै आएको यो मन्टेसरीमा प्रिनर्सरीदेखि युकेजीसम्म पठनपाठन हुन्छ । समारोहमा १८ जना विद्यार्थी युकेजीमा दीक्षित भएका छन् । कार्यक्रममा साहित्यकार तमूले नेपाली समाजमा मन्टेसरी शिक्षाको प्रचलन बढ्दै गएको र यो सान्दर्भिक पनि रहेको जनाइन् । ‘बालमनोविज्ञान बुझेर गर्ने, दण्ड नदिई सिकाउने… पुरा पढौ

युआरएल हेल्थ केयरमा भारतको अपोलो अस्पतालका सेवा

युआरएल हेल्थ केयर प्रालिले पोखरामा भारतको विश्व प्रसिद्ध अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना गरेको छ । प्रालिले पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि स्थापना गरेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर शनिबार आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक अभिषेक दुगड र वरिष्ठ पेट रोग विशेषज्ञ डा सत्यदीप भट्टाचार्यले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा डा भट्टाचार्यले जटिल प्रकृतिका क्यान्सर, अंग प्रत्यारोपण जस्ता समस्याको निदानका लागि अपोलो लोकप्रिय रहेको बताए । भारतको सर्वाेत्कृष्ट हस्पिटलमा… पुरा पढौ

मियाँपाटनको अन्नपूर्ण क्लिनिकलमा सुलभ औषधी सेवा

पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले शुक्रबारबाट सुलभ फार्मेसी सेवा सुरु गरेको छ । ६ वर्ष अघिदेखि सेवा दिँदै आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन थालेको हो । निजी क्षेत्रबाट देशमै पहिलोपटक यस खालको सेवा सुरुआत गरेको सञ्चालकको दाबी छ । सुलभ फार्मेसी सेवा शुक्रबार बिहान आयोजित समारोहमा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र पोखरा १३ का वडाध्यक्ष किरण बरालले संयुक्त रुपमा सुरुआत… पुरा पढौ

समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति चाहिन्छ

नियमित पाठ्यक्रमबाहेक विद्यार्थीहरूमा अन्य पुस्तक पढ्ने अभ्यान निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले जोड दिएका छन् । फेस्टिभलको ‘विद्यालयमा पठन संस्कृति’ शुक्रबार सत्रमा बाल साहित्यकार सुरज उपाध्यायसँगको कुराकानीमा प्याब्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले पाठ्यपुस्तकको निर्दिष्ट गन्तव्य हुने भएकाले समाज बुझ्न अन्य पुस्तक पढाउन आवश्यक रहेको बताए । ‘हामी हुर्किरहेका… पुरा पढौ

भीमको ‘सम्झनाको सेरोफेरो’को शल्यक्रिया

प्रगतिशील साहित्यकार भीम रानाभाटको ‘सम्झनाको सेरोफेरो’ संस्मरणात्मक कृतिमाथि बुधबार परिचर्चा गरिएको छ । गण्डकी साहित्य संगमले प्रकाशन गरेको कृति केही महिनाअघि सार्वजनिक भएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा कृष्णराज अधिकारीले रानाभाटको सरल व्यक्तित्व जस्तै संस्मरणमा समाजको यथार्थलाई इमानदारीपूर्वक लेखन गरेको बताए । साहित्यकार रुपिन्द्रप्रभावी कटु र लोकबहादुर थापामगरले सम्झनाको सेरोफेरोमाथि टिप्पणी गरे । उनीहरुले १९ वटा जीवन, जगतसँग सम्बन्धित संस्मरणले कृतिलाई गहन बनाएको धारणा राखे । रामराज… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं