समाचार

नेपाली भाषा शिक्षक परिषदमा सूर्यको नेतृत्वमा नयाँ समिति

नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको १५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले सूर्यप्रसाद लम्सालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल, उपाध्यक्ष इन्दिरा सापकोटा, महासचिव शिवहरि सुवेदी, सचिव शशिशिशिर ढुंगाना र कोषाध्यक्ष हरिप्रसाद ढुंगाना निर्वाचित भएका छन् । सदस्यमा प्रेमनारायण ढकाल, पोष्टराज सुवेदी, भावना लामिछाने, ध्रुववन्धु रिजाल, होमनाथ भट्टराई, अमृत पौडेल, झलकनाथ आचार्य, रत्नाकुमारी विश्वकर्मा र सावित्री पहारी भट्टराई छन् । संस्थाका सल्लाहकार… पुरा पढौ

अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन उडाउने क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा शनिबार दिउँसो बेलुन पड्किएको हो । सवा १ बजेतिर बेलुन पड्किदा नगर प्रमुख आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको छ । घटनापछि तत्कालै उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र उपप्रधानमन्त्री… पुरा पढौ

जनयुद्ध दिवसमा बाँकी कार्यभार पूरा गर्ने संकल्प

तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते सुरु गरेको जनयुद्ध ३० वर्षमा प्रवेश गरेको छ । यो अवधिमा जनयुद्ध उत्कर्ष पुग्नेदेखि शान्ति प्रक्रियामार्फत् माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । त्यो बेला एकीकृत रहेको नेकपा (माओवादी) अहिले आधा दर्जन पार्टीमा विभक्त छ । जनयुद्ध सुरु भएको दिनलाई बिहीबार यसरी बनेका माओवाद मान्ने दलहरुले सम्झिए । कास्कीमा नेकपा(माओवादी केन्द्र) र नेकपाले छुट्टाछुट्टै कार्यक्रम गरी यसको स्मरण गरे । नेत्रविक्रम चन्द (विप्लव सी)… पुरा पढौ

हेमराज पहारी स्मृति पुरस्कार कास्कीको सिर्जना साहित्य सदनलाई

हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराको सोमबार बसेको बैठकले सिर्जना साहित्य सदनलाई पुरस्कर अर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र ताम्रपत्र रहेको छ । प्रतिष्ठान सल्लाहकार एवं अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला संयोजक, हरिदेवी कोइराला, दुर्गाबहादुर शाह बाबा सदस्य तथा प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारी र सचिव… पुरा पढौ

फेवा डुंगा व्यवसायीमा बलराम गिरी

पोखरामा फेवा डुंगा व्यवसायी संगठनको २९ औं साधारण सभा तथा १४ औं अधिवेशन अधिवेशनबाट बलराम गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।   अध्यक्ष पद र सहकोषाध्यक्ष पदमा निर्वाचन भए पनि अन्य पदमा निर्विरोध भएको हो । निर्वाचनमा २ सय ४७ मत खसेको थियो । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बलराम गिरीले १ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी विष्णुप्रसाद पहारीले ४५ मत प्राप्त… पुरा पढौ

इमेज सहकारीका बचतकर्ताको १ करोड फिर्ता

 बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति… पुरा पढौ

मुक्तकयात्राको चर्चा, सगुनलाई पुरस्कार

इमेज ढुङ्गा स्मृति प्रतिभामा पुरस्कारबाट कक्षा ८ की छात्रा सगुन तिमिल्सिना सम्मानित भएकी छन् । मुक्तक मञ्च केन्द्रीय समितिले सञ्चालन गर्दै आएको पुरस्कार बाल मन्दिर मावि नदीपुरमा कक्षा ८ मा पढ्ने सगुनले जिल्ला स्तरीय विद्यालय मुक्तक प्रतियोगितामा प्रथम भएर हात पारेकी हुन् । साहित्यकार ईन्द्र ढुंगाना तिलस्मीले स्थापना गरेको अक्षयकोषबाट सगुनलाई नगद पाँच हजार र सम्मानपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाली प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा कौशिला रिसालले मुक्तकलाई विद्यालयदेखि… पुरा पढौ

गण्डकी प्रदेशमा २२ गते सार्वजनिक बिदा

गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिइने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने छ । मन्त्रीहरुलाई पठाइएका एजेन्डामा सार्वजनिक बिदासहित दुई विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गर्ने उल्लेख छ । आइतबारसम्म निर्णय नहुँदा बिदाबारे अन्योल छ । पुरा पढौ

सराङकोटलाई धाम बनाउन फागुन १४ बाट महायज्ञ

पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटमा यही फाल्गुन १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव हुने भएको छ । धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित सराङकोटलाई धामका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको अगुवाइमा पञ्चमुखी गणेश, विशाल शिव मन्दिर, भ्यु टावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवन समेतको… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा

२४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ को तयारी सकिएको छ । सहारा क्लब पोखराको आयोजनामा २२ माघदेखि ३ फागुनसम्म हुने प्रतियोगिताको तयारी सकिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा स्वेदशी ९ र तीन विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने साहारा क्लब अध्यक्ष केशवराज बरालले बताए । थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं