समाचार

ओली काठमाडौैबाहिर र विदेश जान पाउने

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही… पुरा पढौ

निरुताका २ छोरा र १ छोरीले एकै पटक आमाको नामबाट नागरिकता पाए

जिल्ला प्रशासन कार्यालय कास्कीले आमाको नामबाट एकैपटक तीन जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । अन्नपूर्ण गाउँपालिका–८ की निरुता नेपालीका दुई छोरा सुजन र दिनेश तथा छोरी सुस्मिताले आइतबार नागरिकता पाएका हुन् । गत मङ्सिर १२ गते अन्नपूर्ण गाउँपालिकामा आयोजित स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रियाका क्रममा निरुता नेपालीले आफ्ना सन्तानको जन्मदर्ता प्रमाणपत्र नपाएको गुनासो प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष राखेकी थिइन् । त्यसपछि… पुरा पढौ

ढुंगेसाँघु पर्यटनमा लेखराज भण्डारीको नेतृत्व

ढुंगेसाँघु पर्यटन स्थल संरक्षण समिति पोखरा १७ कास्कीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले लेखराज भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा इशारा थापा मगर, सचिव अनिसा गिरी र कोषाध्यक्षमा सन्तुमाया श्रेष्ठ छन् । अधिवेशनबाट लोकराज कोइराला, मुक्ति भण्डारी, तेजबहादुर थापामगर, मिना श्रेष्ठ र मनबहादुर मोक्तान सदस्य चयन भए । कार्यक्रममा वडा सदस्य शिवराम भण्डारीले पर्यटन क्षेत्रको विकासबाटै पोखराको विकास सम्भव भएकाले स्थानीय रुपमा पनि पर्यटनमैत्री संरचना… पुरा पढौ

विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले रोजगारको अवसर सृजना गरी आत्मनिर्भर बनाउनको लागी गण्डकी प्रदेश सरकारले सिप विकास तालिम केन्द्र सँगको समन्वयमा विभिन्न १२ प्रकारका तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो । शनिवार स्वतन्त्र शैक्षिक परामर्श सङ्घ गण्डकी प्रदेशको सातौँ साधारण सभाको उद्धघाटान गर्दै मन्त्री थापाले अध्ययनका लागी विदेश जाने मात्र नभई विदेश बाट अध्ययन गर्न नेपाल आउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालको रमणीय प्राकृतिक बातावरण तथा… पुरा पढौ

गुप्तेश्वर क्याम्पस- द्रब्यशाह क्याम्पसबिच सहकार्य

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र द्रब्यशाह बहुमुखी क्याम्पस, गोर्खा विच सहकार्य सम्बन्धी सम्झौता भएको छ । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा भएको उक्त सम्झौतामा दुवै क्याम्पस विच अनुसन्धानको क्षेत्र, गुणस्तरी शिक्षा, असल अभ्यासको कार्यान्वयन, विभिन्न गोष्ठि तथा तालिमको आयोजना सम्बन्धी सहकार्य गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको तर्फबाट अध्यक्ष श्रीराम सुवेदी र क्याम्पस प्रमुख धर्मराज बराल साथै द्रब्यशाखा बहुमुखी क्याम्पसको तर्फबाट उपाध्यक्ष मोहन प्रसाद पोख्रेल… पुरा पढौ

इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको सभा, बाइक र स्कुटर विजेता छानिए

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीको २५ औं वार्षिक साधारण सभा तथा प्रथम चाडपर्व उपहार योजना २०८२ को उपहार सार्वजनिक कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीहरु पहिले नेपाली नागरिक भएको स्मरण गराउँदै मुलुकको हितलाई सर्वोपरी राखेर व्यवसाय गर्नुपर्नेमा जोड दिए । राज्यसँग लिनुपर्ने विषयबारे संवाद र छलफलबाट समाधान हुनुपर्ने उल्लेख गर्दै उनले व्यवसायीलाई निरुत्साहित गर्ने वातावरण अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने विचार… पुरा पढौ

बहुविवाहको अभियोगमा पक्राउ परेका डिएसपीलाई जेल पठाउने आदेश

बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका डिएसपी मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत, रुपन्देहीले उनलाई थुनामा पठाउने आदेश दिएको हो। आफुविरुद्ध बहुविवाहको जाहेरी परेपछि उनी चार साताअघि आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको अभियोग उनीमाथि लागेको थियो। असई पुरीलाई पनि थुनामा राखी प्रहरीले मुद्दा अघि बढाएको थियो। उनलाई भने ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ। न्यायाधीश चाणकमणि… पुरा पढौ

छोरेपाटन स्कुलको ४७ औं वार्षिकोत्सव

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार भयो । कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले विद्यालयलाई समग्र पोखरा क्षेत्रकै गर्व लायक शैक्षिक संस्थाको संज्ञा दिर्दै त्यसको पुष्टि विद्यालयप्रति अभिभावकको विश्वास एवं विद्यार्थी आकर्षणले भएको उल्लेख गरे । मेयर आचार्यले पातले छाँगोका विषयमा विद्यालय र महानगरबीच भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाउँदै उक्त सम्झौता विद्यालय हितमा भएको पनि स्पष्ट पारे । वडाध्यक्ष राधिका शाही… पुरा पढौ

मदिरा र लागुपदार्थ दुर्व्यसनको दुर्दशा रंगमञ्चमा

पोखरामा मदिरा तथा लागुपदार्थ दुव्र्यसनले निम्न मध्यमवर्गीय परिवार र युवाको जीवनमा पारेको गम्भीर असर उजागर गर्ने नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन…’ मञ्चनको तयारीमा छ । पद्याप्रेम थियटरको प्रस्तुतिमा तयार भएको यो नाटक सावित्रा पाठक (सबु)ले लेखेकी हुन् भने निर्देशन पञ्चसुब्बा गुरुङ र शीतला अधिकारीले गर्दै छन् । देश, मानवता, स्वाभिमान र न्यायका लागि योगदान वा बलिदान गर्नु नै मर्न जान्नु हो भने नशा, दुव्र्यसन र अपराधको दलदलमा फस्नु जीवन नबुझ्नु… पुरा पढौ

पोखरामा शुक्रबारदेखि ४ दिनसम्म बिहान बत्ती नआउने

पोखरामा शुक्रबारदेखि चार दिनसम्म दैनिक ५ घण्टा बिजुलीको लाइन काटिने भएको छ । पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक ५ घण्टा लाइन काटिने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ । शुक्रबार बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गर्ने तयारी गरिएको केन्द्रका ग्रिड महाशाखा प्रमुख रोशन खड्काले जानकारी दिनुभयो । शुक्रबारदेखि ४ दिनसम्म विहान ६ बजेदेखि ११ बजेसम्म पोखराको कहीँ पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं