समाचार

आँधीखोलाका २ स्कुललाई पोशाक र न्यायो कपडा

नमुना क्लब पाख्रिबोट र आँधीखोला गाँऊपालिकाको साझेदारीमा न्यानो कपडा वितरण गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका ३ बिचारी चौतारामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय र अन्धाअन्धी प्रकाश माबिमा अध्ययनरत १ सय १४ जना विद्यार्थीलाई न्यानो वितरण गरिएको हो । बुधवार राष्ट्रिय माबिको प्राङ्गणमा आयोजित कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष विश्व पौडेलले ्सामुदायिक विद्यालयभच विद्यार्थीको भर्ना दर कम हुँदै गएको अवस्थामा विद्र्याी टिकाउन विभिन्न कार्यक्रम जरुरी हुने बताए । आगामी दिनमा पनि विद्यार्थीको… पुरा पढौ

पोखरा महोत्सव पुस २९-माघ ११ गतेसम्म

चौधौँ संस्करणको पोखरा महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यहांँहरुलाई स्वागत गर्न चाहान्छु । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पौषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह मा.वि.को विशाल खेल मैदानमा चौधौँ संस्करणको पोखरा महोत्सव आयोजना गर्न लागिएको यहाँहरुलाई अवगत गराउन चाहान्छु । “युवाको जाँंगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ वि.सं २०६७ वैशाख ७ गते पर्यटकीय नगरी पोखरामा स्थापना भई स्थापना काल देखिनै शिक्षा, स्वास्थ्य, खेलकुद… पुरा पढौ

राष्ट्रपति पौडेलकी छोरी संज्ञा कांग्रेसको समानुपातिकमा

राष्ट्रपति रामचन्द्र पौडेलकी माइली छोरी संज्ञा पोखरेल पौडेल कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा परेकी छन् । कास्कीबाट महिलामा पौडेलको नाम छ । उनी कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । कांग्रेसबाट समानुपातिकमा आइबहादुर गुरुङको नाम पनि छ । पुरा पढौ

फेवातालमा डुङ्गा दौड, किनारमा महोत्सव

रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो ।खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी सजेस कङ्साजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार झलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ ।… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको १८ औं अधिवेशन

माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ । गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ ।… पुरा पढौ

लेखनाथ जन्मजयन्तीमा ३ दिने कार्यक्रम

कविशिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्तीका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् । पौड्यालको १४२ औं जन्मजयन्ती त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमसहित बनाइँदै छ । आइतबार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता भएका हुन् । लेखनाथ लायन्स क्लबका अघ्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथको स्मृतिमा सिर्जित कवितावाचन गरे । कार्यक्रममा नेपाल सगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले… पुरा पढौ

१ पत्रकार, १ अनलाइन कसरी चल्छः सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले २०४६ सालपछि च्याऊ उम्रे जस्तै सञ्चार माध्यम खुलेको चर्चा गर्दै नेपाल जस्तो देशमा यति धेरै सञ्चार माध्यम आवश्यक नभएको औंल्याएका छन् । ‘देशमा १४ या १५ हजार सञ्चार माध्यम छन् । नेपाल पत्रकार महासंघका सदस्य ९ हजार ३ सय ३० सहित १४ या १५ हजार पत्रकार छन्,’ मन्त्री खरेलले भने, ‘एक पत्रकार एक सञ्चार माध्यम जस्तो भयो । यसरी मिडियाको कसरी दिगोपन हुन्छ… पुरा पढौ

संस्कृति र जीवनकला सिक्दै तामाङ सुन्दरीहरु

सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा सञ्चालन भइरहेको मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सहभागी प्रतिस्पर्धीहरूको तालिम कार्यक्रम निरन्तर रूपमा जारी रहेको छ। तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृतिसँगै आधुनिक जीवनका आवश्यक सीप प्रदान गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको हो। कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङका अनुसार हालसम्म विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूले प्रतियोगीहरूलाई तालिम प्रदान गरिसकेका छन्। तालिम दिनेहरूमा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसी, पोखरेली युवा… पुरा पढौ

लालीगुराँस सहकारीको रक्तदान, ६४ पिन्ट रगत संकलन

लालीगुराँस बहुउद्देश्यीय सहकारीले शनिबार आयोजना गरेको रक्तदानमा ६४ पिन्ट रगत संकलन भएको छ । पोखरा १२ लालीगुराँस टोलमा रहेको सहकारीले रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले पहिलो रक्तदाता शिवराज घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण रक्तदान सुरुआत गरे । पौडेलले रक्तदानलाई मानव सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कार्यको संज्ञा दिए । रक्तदान कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले सहभागी सबै रक्तदाताप्रति… पुरा पढौ

फेवाताल पुर्नेलाई कारबाही गर्न नागरिक समाजको माग

फेवातालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने गरेको गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका तर्फबाट संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट नरेन्द्रमान लालचनले बुधबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै विश्व रामसार क्षेत्रमा सूचिकृतसमेत रहेको विश्वकै तेह्रौ सुन्दर ताल फेवातालको अस्तित्व नासिने गरी दिनानुदिन यसरी अनधिकृतरुपमा पुर्नु निन्दनीय कार्य भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं