समाचार

नेपाल राष्ट्रिय घर भाडा सरोकार समितिमा नयाँ नेतृत्व

नेपाल राष्ट्रिय घर भाडा सरोकार समिति कास्कीको छैटौं अधिवेशन तथा १९ औं वार्षिक साधारण सभाले कृष्णप्रसाद चापागाईको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ । १३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण सुवेदी, उपाध्यक्ष शोभाकान्त शर्मा, महासचिव जगतमोहन गिरी, सचिव वेदुनाथ लामिछाने, कोषाध्यक्ष योगमाया बराल र सहकोषाध्यक्ष अमृत घिमिरे छन् । कार्यसमिति सदस्यमा दिनेश पौडेल, लक्ष्मी गौतम, चिरञ्जीवी लामिछाने, रामप्रसाद काफ्ले र कृष्ण वाग्ले छन् । कार्यक्रममा घरवहाल सरोकार महासंघ नेपालका कार्यवाहक… पुरा पढौ

गौरी तमूको कविताकृति ‘सैँप्रोल’ सार्वजनिक

कवि गौरी तमूको कविता सञ्चयन ‘सैँप्रोल’ पोखरामा सार्वजनिक गरिएको छ । गुरुङ साहित्यिक मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले कृति लोकार्पण गरे । कार्यक्रममा साहित्यकार सरुभक्तले गुरुङ जातिका संस्कार र संस्कृतिलाई नेपाली साहित्यिक क्षेत्रमा प्रयोग गरी समृद्ध बनाउन लेखक गुरुङ उल्लेखनीय भूमिका रहेको उल्लेख गरे । “नेपालका आदिवासी जनजातिका जातीय बिम्बहरू प्रयोग गरी उत्कृष्ट सिर्जनाहरु हुन सक्छन् । यो बाटोमा गौरी तमूको यात्रा लोभलाग्दो छ,”… पुरा पढौ

गण्डक सहकारीको साधारणसभा, अध्यक्षमा दीपेन्द्रराज

गण्डक बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा १७ बिरौटाको आर्थिक वर्ष २०८१÷०८२ सम्मको सेयर पंँजी २ करोड ८५ लाख ९३ हजार कायम भएको छ । सहकारीको आर्थिक वर्ष २०८०÷०८१ सम्मको सेयर पुँजी ३ करोड ४९ लाख ९२ रहेको सहकारीका अध्यक्ष दीपेन्द्रराज ढकालले जानकारी दिए । सहकारीको छैटौं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष ढकालले सहकारीको चालु आर्थिक वर्षको कुल निक्षेप २ करोड ६२ लाख ४० हजार ८ सय ४८… पुरा पढौ

युआरएलको सहकार्यमा शिवालय र नदीपुरमा शिविर

गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् । इनरह्विल क्लब अफ पोखरा र पोखरा महानगरपालिका वडा नम्बर ३ को आयोजना र युआरएलसहित पोखरा महानगरको स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा नदीपुरमा भएको शिविरमा २ सय ३ जनाको सित्तैमा थाइराइड तथा मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो । शनिबारै लायन्स क्लब अफ ब्युटिसिटी, लायन्स क्लब अफ… पुरा पढौ

शान्ति परियोजनाको सामाजिक परीक्षण

मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले सञ्चालन गरेको शान्ति परियोजना सान्दर्भिक र औचित्यपूर्ण भएको सरोकारवालाले बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा शुक्रबार भएको शान्ति परियोजनाको सामाजिक परीक्षणमा सहभागीहरुले यस्तो बताएका हुन् । कुर्भे उस्ट्रोको सहयोगमा सञ्चालित शान्ति परियोजनाको यो आर्थिक वर्षको बजेट १० लाख ९३ हजार छ । कार्यक्रममा सामाजिक परीक्षक एकनारायण सापकोटाले सन् २०२५ मा शान्ति परियोजनामा भएका कामहरुको विवरण, औचित्य, लाभग्राहीको संख्यासहित त्यसको मूल्यांकन प्रस्तुत गरे ।… पुरा पढौ

महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागितामा जोड

गाउँ, टोलका स्थानीय संघ, संस्थादेखि राज्यको नीति निर्माण तहसम्म महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिता विना समतामूलक समाज र देशको समृद्धि सम्भव नहुनेमा जोड दिइएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाले नागरिकको सर्वाङ्गीण विकासका लागि योजनावद्ध काम गरिरहेको जनाए । उपाध्यक्ष चन्द्रकला अधिकारीले महिलाको हरेक तहमा अर्थपूर्ण सहभागिता… पुरा पढौ

रामघाटलाई दोभान कप

राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि उचालेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्यु स्टार एलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने न्युस्टार बिले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।उपाधिसँगै रामघाटले नगद १ लाख रुपैयाँका साथमा सिल्ड,… पुरा पढौ

गण्डकी बहुप्राविधिकमा स्वागत र बिदाइ

गण्डकी बहुप्राधिक शिक्षालयमा २०८२÷८३ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा २०७९÷८० मा भर्ना भएका विद्यार्थीलाई बिदाइ गरिएको छ । यो शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र पोखरा महानगरपालिको साझेदारीमा सञ्चालित छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले समुदाय स्तरमा ज्ञान तथा सीप विकास, रोजगारी सृजना, आर्थिक सशक्तीकरण, उद्यमशीलता, नवप्रवर्तनसहित प्रतिस्पर्धात्मकता जनशक्ति उत्पादनमा महानगरले योगदान गरिरहेको जनाए । सिटिईभिटीका उपनिर्देशक डा मिना भट्टले प्राविधिक शिक्षाले नयाँ… पुरा पढौ

टाइगर कपका लागि मुल आयोजक र उपसमितिहरु गठन

File pix छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८२ को मुल आयोजक र विभिन्न उपसमिति गठन गरी तयारी सुरू भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ ९ देखि १७ गतेसम्म हुने सो प्रतियोगिताको तयारी सुरू गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिएका हुन् । संस्थाको शुक्रबार भएको बैठकले अध्यक्ष शर्माको अध्यक्षतामा १ सय ७ सदस्यीय मुल आयोजक… पुरा पढौ

धारिलो हतियारबाट वृद्धाको हत्या, नाति पक्राउ

धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगर पालिका वडा नम्बर ३१ बाँसपानी बस्ने २२ वर्षीय आशीष परियारलाई शुक्रबार पक्राउ गरेको हो । बिहीबार दिउँसो साढे १२ बजेतिर आशीषले आफ्नै हजुरआमा ७५ वर्षीया दालकुमारी परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । वृद्धा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं