नेपाली कम्युनिस्ट पार्टी नेता सरल सहयात्री पौडेलले कुलमान घिसिङलाई घर फर्किन आग्रह गरेका छन्। कुलमानले रास्वपासँगको सहयात्रा तोडेलगत्तै नेकपाका संयोजक प्रचण्डसँग नजिक रहेका नेताले पौडेलले प्रधानमन्त्री आफ्नो पार्टीले बनाउने बताएका छन्।
उनले भनेका छन्, ‘कुलमानजी, सद्भावका साथ तपाईँलाई अनुरोध छ आफ्नो घर फर्कनुहोस् । आत्मकेन्द्रित अहङ्कार त्यागेर प्रतिबद्धतामा खडा भए तपाईँलाई प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ ।’
नेपाली कम्युनिस्ट पार्टी संघियता, समानुपातिक, समावेशिता एवं धर्मनिरपेक्षता र गणतन्त्रको पिता भएको उल्लेख गरेका छन्।
उनले थपेका छन्, ‘आफ्ना पिता अलिक बुढा हुनुभयो भनेर मितबालाई असली पिता ठानिहाल्नु हुन्न । आफ्नो घरको रङ्ग पुरानो भयो भनेर छिमेकी कहाँ शरण लिन कुदीहाल्नुपनि हुँदैन । पक्कै महसुस गर्नुभयो होला। समय दुई दिन बाँकी छ बत्तीको चिमले आफैँ उज्यालो दिने होइन, बिद्युत् उत्पादन गर्ने पाओरहाउस नेपाली कम्युनिस्ट पार्टी हो बिचार गर्नुस्।’




