नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पूर्वी रूकुमबाट चुनाव लड्ने करिब निश्चित भएको बताएका छन्।
पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू रूकुमबाट चुनाव लड्ने निश्चितजस्तै भएको घोषणा गरेका हुन्।
‘हुनसक्छ म अहिलेको चुनाव म रूकुमैबाट लड्छु। त्यो यही रूकुम भन्ने नठान्नुहोला। पूर्वी रूकुम आउने करिब निश्चित भएको छ,’ उनले भने, ‘म पूर्वी रूकुम आउने भनेको पश्चिम रूकुम पनि आउने नै हो।’




