समाचार

एपिएलमा सुगर जाँच सित्तैमा, अरु जाँचमा विशेष छुट

पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब प्रालि (एपिएल)ले दसैंको अवसरमा विशेष छुट दिइरहेको छ । गएको भदौ २३ गतेदेखि यो असोज २२ सम्म मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा गर्ने एपिएलले क्यान्सर, भिटामिन बि १२, भिटामिन डी, होल बडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिएको अध्यक्ष गीता कार्की पन्थले जानकारी दिइन् । दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिबाट सञ्चालित ल्याबले उपलब्ध गराएको अवसरको फाइदा लिन अध्यक्ष कार्कीले अनुरोध गरेकी छन्… पुरा पढौ

पोखराकी सनिसरा काठमाडौंको गेस्ट हाउसमा मृत फेला

काठमाडौंको गेस्ट हाउसमा पोखराकी एक युवती शनिबार राति मृत भेटिएकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

कति बजे छ दसैं टीकाको उत्तम साइत ?

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे टीकाको उत्तम साइत छ। यस वर्षको दसैं असोज ६ गतेदेखि सुरू हुँदैछ। ढकालका अनुसार असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत छ। असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मंगलबार महाअष्टमी र कालरात्रि परेको समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। असोज… पुरा पढौ

पोखरामा सहुलियत पसल खुल्यो

पोखरामा सोमबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन भएका छन् । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए । पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १० देखि दिउँसो ५ बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ । कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो ५ छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८३, अरुवा… पुरा पढौ

कार्कीले एक्लै लिइन् सपथ, सभामुख र राष्ट्रियसभा अध्यक्ष अनुपस्थित

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन्‌ । पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्‌ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा ९४० बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन्‌ । उनले आजै शपथग्रहण गरिसकेकी छिन्‌ । सानो मन्त्रिमण्डलसहित सपथ लिने बताइए पनि शुक्रबार उनले एक्लै सपथ लिएकी हुन् । पछिल्लो प्रदर्शन क्रममा उठेको संसद्‌ विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै… पुरा पढौ

पोखरामा शनिबार बिहानसम्म कर्फयू, लुटेका सामान फिर्ता गर्न प्रशासनको आग्रह

पोखरामा शनिबार बिहानसम्मलाई कर्फ्यु आदेश जारी गरिएको छ। शुक्रबार साँझ ७ बजेदेखि लागू हुने गरेर शनिबार बिहान ५ बजेसम्मलाई कर्फ्यु आदेश भएको हो । पोखरा महानगरपालिकाको वडा नम्बर १ देखि ३३ सम्म यो आदेश लागू हुनेछ । सो समयमा स्थानीय प्रशासनले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरेको हो । सो अवधिमा अत्यावश्यक सेवा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका सवारी… पुरा पढौ

लघुकथा प्रतिष्ठानमा नयाँ कार्यसमिति : अध्यक्षमा पन्त

लघुकथा प्रतिष्ठान पोखराको तेस्रो साधारण सभा तथा अधिवेशनले कल्याण पन्तको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष गीता तिवारी, सचिव बिष्णु बास्तोला र कोषाध्यक्ष कृष्णप्रसाद बास्तोला (राजु) रहेका छन् । त्यस्तै सदस्यमा रुपिन्द्र प्रभावी जोशी, शोभा लामिछाने, डा. नवराज न्यौपाने, ढाकामोहन बराल र गायत्री पराजुली चयन भएका छन्। अधिवेशनको उद्घाटन सत्रमा साहित्यकार सरुभक्तले लघुकथा प्रतिष्ठानले पोखरामा आख्यानको क्षेत्रमा पुर्‍याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै, नेपालकै सन्दर्भमा… पुरा पढौ

आइतबार सेप्टेम्बर ७ युकेमा आपतकालीन सूचना प्रणाली परीक्षण हुँदै

ब्रिटेन सरकारले सेप्टेम्बर ७, २०२५ मा दिउँसो ३ बजे आपतकालीन अलर्ट प्रणालीको दोश्रो राष्ट्रिय परीक्षण गर्दै छ ।परीक्षण अलर्ट बेलायतभरीका सबै उपयुक्त 4G/5G मोबाइल फोन र उपयुक्त ट्याब्लेटहरूमा पठाइनेछ। यो अप्रिल २०२३ मा पहिलो सफल राष्ट्रिय परीक्षण पछिको दोश्रो राष्ट्रिय परीक्षण हो। यस क्रममा 4G/5G नेटवर्कमा जोडिएका सबै मोबाइल फोन र ट्याब्लेटले करिब १० सेकेन्डसम्म साइरन ध्वनि निकाल्ने छन् । अन्य प्रकारका सन्देशभन्दा आपतकालीन अलर्ट धेरै फरक देखिने र सुनिनेछ… पुरा पढौ

गल्कोट समाज युकेमा विष्णुको नेतृत्व

गल्कोट समाज यूकेमा सर्वसम्मत् नयाँ नेतृत्व चुनिएको छ। सोमबार बर्मिङहम वेष्ट ब्रोमिचस्थित समाजको आफ्नै भवनमा सम्पन्न पाँचौँ अधिवेशनले विष्णु चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नयाँ कार्यसमितिको तीन उपाध्यक्षमा मिडल्यान्डबाट सुरेश भण्डारी, स्कटल्याण्डबाट धनबहादुर केसी र लन्डनबाट राजु बोहोरा चयन भएका छन्। महासचिवमा गोबिन्दराम कंडेल, सचिवमा राजु सापकोटा, कोषाध्यक्षमा सिता खरेल र सहकोषाध्यक्षमा तेज भण्डारी निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा सुरेश परियार, मोती सुवेदी, किरण कंडेल, मोहित गौतम,… पुरा पढौ

र्‍यान्डममा दीपकको नेतृत्व

र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ ।अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं