समाचार

धारिलो हतियारबाट वृद्धाको हत्या, नाति पक्राउ

धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगर पालिका वडा नम्बर ३१ बाँसपानी बस्ने २२ वर्षीय आशीष परियारलाई शुक्रबार पक्राउ गरेको हो । बिहीबार दिउँसो साढे १२ बजेतिर आशीषले आफ्नै हजुरआमा ७५ वर्षीया दालकुमारी परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । वृद्धा… पुरा पढौ

८३ वर्षमा नागरिकता, लगत्तै वृद्धभत्ता

बागलुङको बागलुङ नगरपालिका १० भकुण्डेमा बस्ने ८३ वर्षीय वृद्धले नागरिकता पाएका छन् । २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनी नागरिकताबाट वञ्चित भएको तथ्य सार्वजनिक भएको थियो । सो समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो । नाम र जन्मस्थान टुंगो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिथ्ये । उनले नागरिकता प्राप्त… पुरा पढौ

रविलाई रिहा गर्न आदेश

तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश गरेको हो । उच्चले बिगो बराबर २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर उनी थुनामुक्त हुने छन् । उच्चले उनको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार… पुरा पढौ

गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। केपी ओली प्यानलबाट पदाधिकारीमा हारेका यी दुवै नेता केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्। बराल उपाध्यक्ष र रिमाल उपमहासचिवमा हारेका थिए। केन्द्रीय सदस्यमा बरालले ७५४ र रिमालले ६३० मत मात्रै पाए। पुरा पढौ

पुस ३ देखि १४ पुससम्म लेखनाथमा महोत्सव

लेखनाथ उद्योग वाणिज्य संघले वर्षेनी गर्दै आएको महोत्सवको २१ औं संस्करणको तयारी पूरा भएको छ । यहि ३ पुसदेखि १४ पुससम्म महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यत्रमको आयोजना गर्दै आयोजन लेखनाथ उद्योग वाणिज्य संघले जानकारी दिएको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । उनले… पुरा पढौ

युआरएल हस्पिटलचोकमा शिविर, सबै शाखाका कपडा व्यवसायीलाई छुट

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार युआरएल हस्पिटलचोकमा निशुल्क शिविर आयोजना गरिएको छ । शिविर २ सय पाँच जनाले ल्याब र ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् । युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेले सहभागीहरुको थाइराइड र मधुमेहका जाँच सित्तैमा गरिएको बताए । २०७० साल मंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर १५ देखि मंसिरभर विभिन्न सेवामा विशेष छुटसमेत दिइरहेको… पुरा पढौ

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीको सरसफाइ

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको आयोजनामा शनिवार लेखनाथ स्थित रमणीय पर्यटकीय स्थल टाइगरटपमा सरसफाइसहितका कार्यक्रम भएका छन् । संघमा आबद्ध व्यवसायी तथा उनीहरूका परिवारजनको सहभागितामा कार्यक्रम भएको हो । संघ अध्यक्ष चिन्तामणि खरेलले सामाजिक उत्तरदायित्व वहन गर्दै सरसफाइसहितका कार्यक्रम गरिएको जनाए । संघका सदस्यहरुको हितका नयाँ कार्यक्रम ल्याउँदै सामाजिक उत्तरदायित्व वहनका कार्य पनि सँगसँगै गरिने उनले जनाए । पुरा पढौ

नेपाली लेखक संघ गण्डकीमा नयाँ नेतृत्व

नेपाली लेखक संघ गण्डकी प्रदेशको शनिबार भएको दोस्रो अधिवेशनबाट दीपक समीपको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ । समितिको उपाध्यक्षमा लक्ष्मण थापा र महिला उपाध्यक्षमा हिममाया पौडेल, महासचिव सञ्जीव पौडेल, सचिव – मोती च्वाई र कोषाध्यक्षमा चन्द्रावती वाग्ले छन् । अधिवेशनबाट सदस्यमा रमेशमोहन भट्टराई, मणि प्रसाद डुम्रे, केशव प्रसाद अमगाई र अम्बिका भट्टराई चुनिएका छन् । नेपाली लेखक संघ गण्डकी प्रदेशको आयोजनामा शनिबारै दौंतरी शृंखला ४ भएको छ । शृंखला अन्तरगत… पुरा पढौ

युआरएलको वार्षिकोत्सवमा थाइराइड, सुगर र दाँत परीक्षण सित्तैमा

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा विशेष योजना ल्याएको छ । युआरएलको स्थापना २०७० साल मंसिर २३ गते भएको हो। सो अवसरमा मंसिर १५ गतेदेखि सञ्चालन भएको निःशूल्क थाईराईड , (सुगर) FBS, PPBS, RBS र दन्त परिक्षण सेवा २८ गतेसम्म चल्ने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । उनले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो योजना ल्याइएको जानकारी दिए।… पुरा पढौ

डिस्ट्रिक ३२५ एमको जोन कार्यशाला

लायन्स अन्तराष्ट्रीय ,डिस्ट्रिक ३२५ एम नेपालको आयोजनामा काठमाडौंमा जोन कार्यशाला सम्पन्न भएको छ | कार्यशालाको उद्घाटन डिस्ट्रिक ३२५ एम नेपालको गभर्नर धनीराम बरालको अध्यक्षतामा एव पास्ट डिस्ट्रिक गभर्नर महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको हो | उद्घाटन सत्रमा पौडेलले लायन्सका कार्यक्षेत्र मध्येको नेतृत्व विकासको लक्ष्य प्राप्तीका लागी यो कार्यशाला सहयोगी हुने बिस्वास ब्यक्त गर्दै लायन्सका सेवा कार्य देखाउनको लागी भन्दा वास्तविक सहयोगका कार्यमा जोड दिनुपर्ने बताएका थिए | लायन्स अन्तराष्ट्रीय ,डिस्ट्रिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं