समाचार

सुर्खेतका वादीलाई ग्लोबल स्कुलको १ लाख

पोखरा रानीपौवास्थित ग्लोबल कलेजियट स्कुलले वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको अभियन्ता हिक्मत वादीलाई नगद एक लाख प्रदान गरी सहयोग हस्तान्तरण गरेको छ । सानैदेखि संर्घष गरेर हुर्किएका हिक्मतले वादी समुदायका सयौँ गरिब तथा असहाय बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टल सञ्चालनमा ल्याएका छन। मंगलबार विद्यालयका प्राचार्य बाबुराम पन्तले हिक्मत वादीलाई एकलाखको चेक हस्तान्तरण गर्दै प्रति वर्ष एकलाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग गर्ने घोषणा गरेका छन् । आफ्नो… पुरा पढौ

इलेक्ट्रोनिक्स व्यवसायीलाई सित्तैमा कर शिक्षा

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघले संस्थाका सदस्यलाई सित्तैमा करसम्बन्धी तालिम दिने भएको छ । आफ्नो व्यवसायको कर आफैं तिर्न सक्ने र करसम्बन्धी काम आफैं गर्न सक्ने बनाउन तालिम आयोजना गरिएको अध्यक्ष नारायण सुवेदीले बताए । ‘पानमा दर्ता भएका व्यवसायीलाई आफैं कर तिरी कर चुत्ता निकाल्न सक्ने र भ्याटमा दर्ता भएकालाई विवरण दर्ता, टिडिएस फाइलिङ जस्ता काम गर्न सक्ने बनाउने तालिमको लक्ष्य हो,’ उनले भने । २०/२० जनाको समूह बनाएर सबै सदस्यलाई… पुरा पढौ

टेकनाथः धेरै क्षेत्रका नमुना व्यक्तित्व

भदौ १२ गते दिउँसोदेखि टेकनाथ बराल भौतिक रुपमा रहेनन् । नेपाली कम्युनिस्ट आन्दोलन, मानवअधिकारको आन्दोलन र समाज परिवर्तनका अभियन्ता बराललाई उनका आफन्त, शुभेच्छुकले विभिन्न तवरले स्मरण गरिरहेका छन् । शनिबार उनी संस्थापक अध्यक्ष रहेको राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले श्रद्धाञ्जलीसभासहित उनको योगदानबारे परिचर्चा आयोजना ग¥यो । कार्यक्रममा वाम बुद्धिजीवी रामराज रेग्मीले उनलाई राष्ट्रिय सम्पदा, स्वाभीमान र कम्युनिस्ट आन्दोलनका अगुवाको रुपमा स्मरण गरे । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बराल… पुरा पढौ

प्रचण्ड, विप्लव र माधवको एउटै स्वरः फुट्नमात्र होइन, जुट्न पनि जानेका छौँ

समाजवादी मोर्चाका शीर्षस्थ नेताहरुले अहिले मोर्चा बने पनि भविष्यमा एउटै पार्टी र एउटा लक्ष्यमा पुग्न सक्ने औंल्याएका छन् । उनीहरुले कम्युनिस्टहरुले फुट्नमात्र नभएर जुट्न पनिजुट्न पनि जानेको सुनाए । अनेक फुट र वैमस्यबाट आएको नेपाली कम्युनिस्ट आन्दोलन फेरि मोर्चामार्फत् एकीकरणको मार्गमा पुग्ने उनीहरुको विश्वास छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधारशीला निर्माण गर्न मोर्चा बनाइएको जनाउँदै पार्टी एकतासम्म पुग्ने र जनताको सपना साकार पार्ने… पुरा पढौ

एकै जिल्लामा वर्षमा ९ चितुवा मृत फेला

पर्वतमा गएको वर्षमात्रै ९ चितुवा मृत फेला परे । डिभिजन वन कार्यालय पर्वतका आर्थिक वर्ष २०७९÷८० मा ९ चितुवा मृत फेला परेका थिए भने २ वटाको जीवितै उद्धार गरिएको थियो । शुक्रबार पनि मोदी गाउँपालिका ७ राम्जादेउरालीमा १ चितुवा मृत भेटिएको छ । गौतम कुल मन्दिर नजिकै धानखेतमा चितुवा मृत फेला परेको हो । डिभिजन वनका कर्मचारी र प्रहरीसहितको टोलीले मृत चितुवालाई गाडेको छ । डिभिजन वन कार्यालयका प्रमुख नवराज… पुरा पढौ

२३ वर्षपछि बाघजात्राः को को बन्दै छन् राजारानी र बाघ ?

पोखरामा २३ वर्षपछि १८ गते सोमबारदेखि २० गते बुधबारसम्म बाघ जात्रा देखाइँदै छ । यस पटकको बाघजात्रा करिब लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ । यसपालि बाघजात्रा आयोजना गर्न पोखरा महानगरपालिका, वडा कार्यालय, नेवा छें लगायतले साथ दिएका छन् । जात्रालाई महानगर र नेवाः खल कास्कीले संरक्षकत्वमा दिएका छन् । बाघजात्रा आयोजक समिति २०८० संयोजक जवाहरलाल श्रेष्ठले पोखरा महानगरपालिकासहित आसपास अरु पालिकाका प्रमुख, प्रदेश सरकार, सभासदसहित बाहिरी जिल्लाबाट पनि अतिथि,… पुरा पढौ

भोलि समाजवादी मोर्चाको सभा, मोर्चा गण्डकी संयोजकमा गायत्री

समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समितिको संयोजकको जिम्मेवारी गायत्री गुरुङले पाएकी छन् । मोर्चामा आवद्ध दलहरुबीच आलोपालो नेतृत्व गर्ने सहमति अनुरुप पहिलो पटक गुरुङले नेतृत्व पाएकी हुन् । उनी नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष हुन् । मोर्चा सदस्यमा माओवादी केन्द्रबाट ज्ञामनाथ गैरे र जगन्नाथ खनाल, एकपा (एकीकृत समाजवादी)बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ छन् । जनता समाजवादी पार्टीले मोर्चाका सदस्यमा गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपालीलाई उठाएको… पुरा पढौ

सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै ज्यान गयो

बैतडीमा विषालु सर्पले डसेकी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका १ सेरीकी ५५ वर्षीया पार्वती घटाल छिन् । मङ्गलबार राति उनलाई खाना पकाउँदै गर्दा सर्पले टोकेको थियो । बुधबार दिउँसो उनको मुत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो । ‘हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले… पुरा पढौ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीलेतनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई बालिका बलात्कारको आरोपमा सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए… पुरा पढौ

भुटान-पोखरा सिधा उडान हुने

भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले उडान गर्ने भएको हो । यो उडान चार्टर हो । “भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सेप्टेम्बर २३ मा सिँधै उडान गर्ने छ । यो उडान चार्टर्ड उडान हुनेछ ।” उनले भने । ड्रक एयरको विमान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं