नमुना क्लब पाख्रिबोट र आँधीखोला गाँऊपालिकाको साझेदारीमा न्यानो कपडा वितरण गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका ३ बिचारी चौतारामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय र अन्धाअन्धी प्रकाश माबिमा अध्ययनरत १ सय १४ जना विद्यार्थीलाई न्यानो वितरण गरिएको हो ।
बुधवार राष्ट्रिय माबिको प्राङ्गणमा आयोजित कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष विश्व पौडेलले ्सामुदायिक विद्यालयभच विद्यार्थीको भर्ना दर कम हुँदै गएको अवस्थामा विद्र्याी टिकाउन विभिन्न कार्यक्रम जरुरी हुने बताए । आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न गाउँपालिकाले यस प्रकारका कार्यक्रममा सहकार्य गर्ने उनको वाचा छ ।
नमुना क्लबका अध्यक्ष दीपेन्द्र पौडेलले समाजमा हुने कतिपय ससाना समस्या समाधानले पनि समाज विकासमा ठूलो प्रभाव पार्ने उल्लेख गरे । स्थापनाको छोटो समयमा उक्त विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बिध्यार्थीलाई यसअघि नै मङ्सिर २९ गते न्यानो कपडा वितरण गरिएको बताउँदै उनले कक्षा ६ देखी १२ सम्मका बिध्यार्थीलाई फेरि वितरण गर्न गाऊँपालिका सग साझेदार गर्न पाऊदा निकै खूसी लागेको वताए।
कार्यक्रममा अन्धाअन्धी प्रकाश माविका सहायक प्राध्यापक प्रेमप्रसाद पौडेलले क्लब स्थापनाको छोटो समयमै विद्यार्थीलाई गरेको सहयोग निकै प्रभावकारी रहेको जनाए । विद्यालयमा अति विपन्न परिवारका बालबालिका पनि अध्ययनरत रहेकोले यस्ता खालका क्रृयाकलपले निकै सकारात्मक प्रभाव पार्ने बताए ।
राष्ट्रिय माध्यमिक विद्यालयका प्रधान अध्यापक जगदीश पौडेलले विद्यार्थीका समस्या पालिका तथा क्लबलाई बत्ताउँदा छोटो समयमै यो सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।
क्लबका उपाध्यक्ष प्रकाश पौडेलले आफ्नो जन्मदिनको अवसरमा खेलकुद सामाग्री तथा बिध्यार्थीलाई खाजा प्रदान गरे । कार्यक्रममा बिरौटामा रहेका गण्डकी बुक्स एण्ड स्टेसनरीका सञ्चालक एवम् संस्थाका आजीवन सदस्य दिनेश पौडेलले विद्यालयलाई भलिबल र फुटवल प्रदान दिए ।
कार्यक्रममा आँधीखोला गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष शेरबहादुर कार्कीले पनि बोलेका थिए ।




