पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघले क्याम्पसको हालै सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित नयाँ संचालन समितिका पदाधिकारीहरुलाइ बधाइसहित शुभकामना दिएको छ । शुक्रबार क्याम्पसमा एक विशेष कार्यक्रमको आयोजना गरि संघले नवनिर्वाचित संचालन समतिलाइ बधाइ तथा शुभकामना व्यक्त गरेको हो ।
केहि दिन अघि क्याम्पसको ३९ औं साधरणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले शिक्षासेवि शंकर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
यसैबिच उक्त कार्यक्रममा बोल्दै क्याम्पसका पुर्व सल्लाहकार प्रा।डा। दिल बहादुर क्षेत्रीले क्याम्पसले अडिग र निरन्तररुपमा आफ्नो कार्यसम्पादन गरिरेको भन्दै अझ थप उन्नती प्रगतिको कामना गरे ।
क्याम्पसका सल्लाहकार शंकर देवकोटाले क्याम्पसले पछिल्ला क्रममा प्राप्त गरेको क्युएए लगायत बिभिन्न उपलब्धीहरुको संरक्षण गर्नु पर्ने अझै ठूलो जिम्मेवारी नयाँ संचालन समितिलाइ रहेको बताए । क्याम्पस प्रमुख शिशुकला पराजुली, क्याम्पस आन्तरिक गुणस्तर सर्कल आइक्युएसी प्रमुख महेन्द्र प्रसाद रिमाल, र क्याम्पस प्राध्यापक संघका सभापति भिम प्रसाद न्यौपानेले, प्राध्यापक संघका सचिव अनुपमणी अधिकारी लगायतले प्राध्यापक, कर्मचारी तथा समग्र प्रशासनका तर्फबाट नव निर्वाचित क्याम्पस संचालन समितिलाइ पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति भिमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ प्राध्यापकको तर्फबाट प्राध्यापक संघका सभापति न्यौपाने र कर्मचारीका तर्फबाट लाइब्रेरियन लक्ष्मी वास्तोलाले बधाइ तथा शुभकामना दिए । कार्यक्रम संचालन प्राध्यापक संघका सचिव अनुपमणि अधिकारीले गरेका छन् ।




