विजय ढकाल सहिद स्मृति प्रतिष्ठान पोखराको साधारणसभा तथा सातौँ अधिवेशनले पुनः माधवप्रसाद मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, महासचिव कल्पना चिलुवाल, सचिव सुरज उपाध्याय र कोषाध्यक्षमा सृजना ढकाल चुनिए । सदस्यहरुमा सुनिल पाण्डे, सूर्य कार्की, शालिकराम देवकोटा, भोलानाथ शर्मा, गीता खनाल र राजु बराज निर्वाचित भए ।
प्रतिष्ठानको संरक्षकमा विश्वप्रकाश लामिछाने र सल्लाहकारहरुमा बासुदेव बराल, रामराज रेग्मी, राजु क्षेत्री, किरण थापा र राजेन्द्र पौडेल छन् । रामराज रेग्मी, विश्वप्रकाश लामिछाने र वासुदेव बराल रहेको अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चुनेको हो ।
प्रतिष्ठानका अध्यक्ष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक विश्वप्रकाश लामिछाने, सल्लाहकार रामराज रेग्मी, उपाध्यक्ष कल्पना चिलुवाल, श्रीकृष्ण अधिकारी, वासुदेव बराल, किरण थापा लगायतले सहिद विजय ढकालको योगदानबारे बोलेका थिए ।
तत्कालीन नेकपा (माओवादी) का कास्की सेक्रेटरी ढकाल २०६१ पुस २९ गते पोखराको निर्मलपोखरीमा नेपाली सेनाले हत्या गरेको थियो । ढकालको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले पोखरा १७ मा सहिद पार्क व्यवस्थापनसहित विभिन्न क्रियाकलाप गर्दै आएको छ ।









