समाचार

बाँसखर्कबासीको बाटोको अप्ठ्यारो सरकारले सम्वोधन गर्छः मुख्यमन्त्री पाण्डे

प्रनिश गिरीपर्वत जिल्लाको जलजला गाउँपालिकामा पर्ने सुन्तला गाउँ भनेर चिनिने बाँसखर्क गाउँको बाटोको अप्ठ्यारोलाई सरकारले सम्वोधन गर्ने बताइएको छ । आवतजावत गर्नका लागि कठिनाई भएपछि बाटो देखाउनका लागि स्थानीयबासीले पालिकाको सहयोगमा यही शुक्रवार एक दिने सुन्तला महोत्सवको जलजला आयोजना गरेका थिए । सुन्तला महोत्सवमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाटो निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभएको हो । कृषि र पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले… पुरा पढौ

आइतबार हुनेछन् पुरुषतर्फका यी खेल

पोखरामा पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा भोलि ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा दोस्रो दिन महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेछन् । महिलातर्फ आयोजक र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल हुनेछ । शनिबार भएको खेल खराब प्रकाशका कारण स्थगित भएपछि उक्त खेल आइतबार हुन लागेको हो । उक्त खेल बिहान ९ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फका खेलहरु हुनेछन्… पुरा पढौ

वाग्ले परिवारमा शाेक

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख लक्ष्मीभद्र वाग्लेलाई पितृशोक परेको छ । पोखरा–१३, कुसुन्डेका बासिन्दा लक्ष्मीभद्रका बुवा पूर्णभद्रको शुक्रबार घरमै ८० वर्षमा निधन भएको हो । पूर्णभद्रको शुक्रबारै पोखराको रामघाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ । पूर्णभद्रका २ श्रीमती रुक्विना र हरिकला, ३ छोरा लक्ष्मीभद्र, भोलाभद्र र सन्तोष र २ छोरी शारदा र सरस्वती छन् । पुरा पढौ

गण्डकी प्रदेशसभा अधिवेशन २१ गतेबाट आह्वान

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेलाई आह्वान भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले नेपालको शुक्रबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय गरी प्रदेश प्रमुख कार्यालयलाई पत्रचार गरेको थियो । अहिले गण्डकी प्रदेशसभाका विषयगत समितिमा अहिले “गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक”, “गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत… पुरा पढौ

टाइगर कपको पहिलो खेल शनिबार बिहान १० बजेबाट

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । भारतको… पुरा पढौ

एनप्याब्सन महाधिवेशन फागुनको दोस्रो साता काठमाडौंमा

नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुन दोस्रो साता काठमाडौंमा हुने भएको छ । नेसनल प्याब्सनको पोखरामा भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले विधानका केही बुँदा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेसनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ (ग) अनुसार, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । समितिको संयोजकमा सुवास न्यौपाने र… पुरा पढौ

नेकपा केन्द्रीय सदस्यमा गण्डकीबाट उमेशसहित ९ जना थपिए

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हालै भएको बैठकले एक सय ४९ जनालाई केन्द्रीय समितिमा थप गरेको छ । पार्टीको कपिलवस्तुमा रहेको केन्द्रीय कार्यालयमा हालै बसेको नवौं केन्द्रीय समितिको छैठौ पूर्ण बैठकले केन्द्रीय समिति विस्तारसहित विभिन्न निर्णय गरेको छ । नेकपा कास्की सेक्रेटरी उमेश सी केन्द्रीय सदस्य बनेका छन् । समाजसेवा, संगीत र खेलकुदमा समेत क्रियाशील उमेश श्रमिक समुदाय मोर्चा नेपालका सचिवसमेत हुन् । केन्द्रीय समितिमा गोरखाबाट काजी… पुरा पढौ

दुग्ध व्यवसाय राेजगारीकाे गतिलाे आधारः धिताल

गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले दुध तथा दुग्धजन्य पदार्थ उपभोक्तालाई गुणस्तिरीय र सर्बसुलव रुपमा उपलब्ध गराउन सरकारी, सहकारी तथा निजि क्षेत्रलाई ब्यवसायिक र गुणस्तरिय बनाई दुग्ध ब्यवसायलाई प्रभवकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार पोखरामा केन्द्रिय दुग्ध सहकारी संग लिमिटेड नेपालको तीसौ बार्षिक साधारण सभालाई सम्वोधन गर्दै उहाँले यो क्षेत्रको स्तर बृद्धि गरी दिगो बिकास मार्फत कृषकको जिवन स्थर उकास्न, डरलाग्दो युवा पलायन रोक्न तथा देशकै अर्थतन्त्र… पुरा पढौ

पोखरा २८ कालिकामा निशुल्क आयुर्वेद शिविर

गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको छ । शिविरमा ४ सय २२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको छ । सो शिविरमा १ सय ५ जनाको निःशुल्क सुगर र पिसाब परीक्षण, ३७ जनाको एकांग स्नेहन स्वेदन एवं २० जनालाई कपिंग सेवा पनि प्रदान गरिएको छ । पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी र माझठाना स्वास्थ्य… पुरा पढौ

मुक्तक मञ्चमा अम्बिका, ‘मुक्तक यात्रा’ सार्वजनिक

मुक्तक मञ्च केन्द्रीय समिति पोखराको शनिबार भएको ९ औं अधिवेशनबाट अम्बिका भण्डारीको नेतृत्वमा नयाँ समिति चुनिएको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा अम्बिका ओझा, उपाध्यक्ष निर्मल पौडल, उपाध्यक्ष किरण ढकाल, महासचिव श्रद्धा आचार्य, सचिवद्वय विना बराल र राजन अधिकारी र कोषाध्यक्षमा करण कपुर खनाल छन् । सदस्यमा सन्देश पौडेल, सुस्मा अधिकारी, कृष्ण सुवेदी, सुरेन्द्र ल्वागुन, सुन झाँकी ’सूर्य’, विष्णुप्रसाद पौडेल र मनिषा लामिछाने छन् । कृष्ण उदासी संयाेजक, दिलीप दाेषी र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं