समाचार

‘द रोड अहेड’ फागुन २० गते पोखरामा

एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा पोखरामा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम गरिने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो ।यही फागुन २० गते पोखराको न्यु रोडमा रहेको सिटी स्क्यायरमा हुने कार्यक्रममा चर्चित कलाकार, खेलाडी र सञ्चारकर्मीले प्रशिक्षण दिने ग्रेस इन्टरनेशनल पोखरा शाखाका सञ्चालक प्रदिप कुमार लम्सालले जानकारी दिए । शैक्षिक यात्राको रुपमा विभिन्न क्षेत्रमा चर्चित… पुरा पढौ

सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोलालाई १ वर्ष कैद

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए । न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले उनलाई जेलसहित २ हजार रुपैयाँ सजाय सुनाएको हो । बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले गएको कात्तिक २ गते रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको… पुरा पढौ

दीक्षित विद्यार्थीलाई ला ग्रान्डीको सम्मान

ला ग्रान्डी इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा दीक्षित कलेजका १ सय १२ विद्यार्थीलाई सम्मान गरेको छ । कलेजले बिहीबार ग्रयाजुयसन एन्ड अवार्ड सेरेमानी आयोजना गरी विद्यार्थीहरुलाई बधाईसहित सम्मान गरेको हो । समारोहमा २०१८ ब्याचका विद्यार्थीमध्ये सिजिपिए ३.७ देखि माथि ल्याई डिन लिस्टमा पर्न सफल बिसिएतर्फकी आस्था श्रेष्ठ (३.९५), सिम्रन सिल्पकार(३.९१) र सपना बानियाँ (३.८८) लाई नगदसहित सम्मान गरिएको हो । यसैगरी बिबिएतर्फ सञ्जिला धरेल (३.८८), प्रतीक्षा सुवेदी(३.८७),… पुरा पढौ

पिसिएमको ग्रयाजुएसन समारोह

पोखरा कलेज अफ म्यानेजमेन्टबाट स्नातक तहमा दीक्षित विद्यार्थीको ग्राजुएसन समारोह भएको छ । समारोहमा बिबिए र बिसिआइएस विषय अध्ययनरत कलेजका ८३ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो । समारोहमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीलाई बधाईका साथै उज्ज्वल भविष्यको कामना गरे । डिन ढकालले धेरै ग्रेड प्राप्त गर्दैमा अत्यन्तै उत्साहित र थोरै ग्रेड प्राप्त गरेकोमा हतोत्साहित नहुनसमेत विद्यार्थीलाई आग्रह गरे । प्राध्यापक चन्द्रा भद्राले विद्यार्थीको असली परीक्षा अब… पुरा पढौ

केशरजंग बने त्रिविका उपकुलपति

त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार उनलाई उपकुलपति नियुक्त गरेका हुन् । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराल बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनी पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल त्रिविको २० औँ उपकुलपति बनेका हुन् । पोखरा–१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । शिक्षामन्त्री अशोककुमार… पुरा पढौ

पोखरा २१ का वडाध्यक्ष रिहालगत्तै पक्राउ

पोखरा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी रिहा लगत्तै पक्राउ परेका छन् । मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका सुवेदी सहकारी ठगी मुद्दा थुनछेक बहसपछि धरौटीमा रिहा भएका थिए । ८ लाख धरौटी बुझाएर रिहा भएका सुवेदीलाई प्रहरीले फेरि पक्रेको हो । शान्ति केसीले वडाध्यक्ष सुवेदीले आफूलाई ठगेको जाहेरी दिएकाले उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । ठगी अभियोगमा फरार सुवेदी अदालतमा उपस्थित भएपछि थुनछेक बहस भएको थियो । न्यायधीश… पुरा पढौ

“Universities’ Challenges Extend Beyond VCs”

The selection process for the vice-chancellor of Tribhuvan University is ongoing. TU is plagued by problems such as political instability, delayed results, and lack of transparency. Similar issues are prevalent in other universities across the country. Debate has arisen regarding whether the VC should have political affiliations. The 11th edition of the Nepal Literature Festival held a session about problems faced by Nepal’s universities. Kusum Shakya, Department Head of Economics,… पुरा पढौ

Cinema vs. Drama: Acting Contrasts

The last day of the 11th edition of the Nepal Literature Festival featured a session entitled Abhinaya Ko Farak Andaj, which means different ways of acting, where discussion on different aspects of acting took place. The session moderated by poet and journalist Suraj Subedi had actors Anup Baral and Shristi Shrestha as the speakers. During the session, Anup Baral recalls the time when he lied to his parents to watch… पुरा पढौ

लेनिन शतवार्षिकीः रामराजकाे संयाेजकत्वमा पाेखरा संयोजन समिति

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा मार्क्सवादी चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले पोखरामा आइतबार ‘लेनिन स्मृति शतवार्षिकी’ पोखरा संयोजन समिति गठन भएको छ। मार्क्सवादी लेखक तथा बौद्धिक रामराज रेग्मीको संयोजकत्वमा पोखरा संयोजन समिति गठन गरिएको हो। यसअघि काठमाडौंमा मूल आयोजक समिति गठन गरिएको थियो। मूल आयोजक समितिलाई अरू सहर र प्रदेशमा पनि विस्तार गरिने र यसमार्फत् वर्ष २०२४ भरि विभिन्न सहरमा कार्यक्रमहरु आयोजना गरिनेछ। शतवार्षिकी समितिले विभिन्न प्रदेश… पुरा पढौ

छात्रवृत्तिमा बाख्राको पाठी

प्रतीकात्मक तस्बिर तनहुकाे आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्र वृतिमा पाठी दिएकाे छ । तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी छात्रवृति प्रदान गरिएकाे हाे। विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए। विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताए। कक्षा ८, ७ र ६ मा अध्ययनरत तीन छात्रालाई छात्रवृत्तिका रूपमा एक/एक वटा पाठी वितरण गरिएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं