समाचार

पर्वतमा शिक्षक संगठनद्धारा अन्तरक्रियात्मक कार्यक्रम सहित क्यालेण्डर विमोचन

एकीकृत अखिल नेपाल शिक्षक संगठन पर्वतद्धारा एक कार्यक्रमका विच क्यालेण्डर विमोचन गरेको छ । शिक्षकहरुको पेशागत हितका लागि सक्रिय रहेको एकीकृत अखिल शिक्षक संगठन पर्वतले शनिवार सदरमुकाम कुश्मामा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो । शिक्षासँग सम्वन्धित समसामयिक विषयमा गरिएको अन्तरक्रियात्मक कार्यक्रममा वि.सं. २०८० सालको भित्ते क्यालेण्डरको विमोचन समेत गरिएको थियो । सो क्यालेण्डरको प्रकाशन एकीकृत अखिल शिक्षक संगठन पर्वतले गरेको हो । क्यालेण्डरको विमोचन कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाको उपमेयर… पुरा पढौ

हेमजामा मुक्तक लेखन कार्यशाला र प्रशिक्षण

हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतजयन्ती सन्दर्भमा बुद्ध जयन्तीको अवसर पारेर मुक्तक लेखन कार्यशाला तथा प्रशिक्षण सम्पन्न गरेको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले प्रतिष्ठानले स्थापनाको रजतवर्षको अवसरमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेको बताए । मुक्तकबारे धारणा राख्दै बिखर्चीले थोरै समय मै चोटिलो एवम् पोटिलो रचना अध्ययन गर्न, मुक्तकको सन्देश मनन गर्न सकिने भएकाले पछिल्लो समय र पुस्ता माझ मुक्तक लोकप्रिय… पुरा पढौ

विदेशबाट फर्किएर व्यवसाय गर्नेलाई १ लाख अनुदान

तनहुँको बन्दीपुर गाउँपालिकाले विगत १० वर्षयता विदेशबाट नेपाल फर्किएर नेपालमै व्यवसाय गरेको वा व्यवसाय गर्न चाहने नागरिकलाई व्यावसायिक अनुदान दिने भएको छ । विदेशबाट फर्किएका २५ देखि ४० वर्षका पालिकाबासीलाई बढीमा १ लाखसम्म अनुदान दिन लागिएको हो । उक्त सेवा लिनका लागि राहदानी, श्रम स्वीकृति, व्यवसाय दर्ता, नागरिकता, फोटो, व्यावसायिक योजनालगायतका कागजपत्र पेस गर्न गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको… पुरा पढौ

शरणार्थी प्रकरणः १०६ ले दिए २३ करोड ठगिएको उजुरी

काठमाडौं नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका… पुरा पढौ

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार संसदबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३५ र विपक्षमा २२ मत परेको छ । राप्रपाका २ सांसद तटस्थ रहे । प्रदेश सभाका ६० सदस्यमध्ये कांग्रेसका २७, माओवादीका ७ र १ स्वतन्त्रले उनलाई मत दिएका हुन । । एमालेका २२ सांसदले प्रस्तावको विपक्षमा मतदान गरे । पाण्डे १४ वैशाख मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र १… पुरा पढौ

घरमा ट्रक ठोक्किदा ३ को मृत्यु, ५ घाइते

तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्गमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको हो । दुर्घटनामा ८ जना घाइते भएकोमा चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणका अनुसार मृत्यु हुनेमा आयुस भुजेल,… पुरा पढौ

स्नेहाको जन्मदिन ज्येष्ठ नागरिकसँग

पोखरा १२ बस्ने स्नेहा कोइरालाले आफ्नो जन्मदिन पोखरा १७ सीतापाइलाका ज्येष्ठ नागरिकहरुसँग मनाएकी छन् । नाक, कान तथा घॅाटी रोग विशेषज्ञ डा सञ्जय कोइरालाले आफ्नी जेठी छोरी स्नेहाको जन्मदिनको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा बृद्धाश्रमलाई १० हजार हस्तान्तरण गरेका हुुन् । जन्मदिनको अवसरमा केक काट्ने, पार्टी खाने, पिउने जस्ता विदेशी संस्कृतिले आफ्नो स्वास्थ्य संगसंगै समाजमा पनि नकारात्मक प्रभाव पारिरहेकाले यसलाई निरूत्साहित गर्नुपर्ने डा कोइराला बनाउँछन् । डा कोईरालाले संस्कृतिलाई… पुरा पढौ

एसइई दिनेलाई गण्डकी बहुप्राविधिकको सित्तैमा कम्प्युटर तालिम

एसइई दिएर रिजल्ट पर्खिइरहेका विद्यार्थी लक्षित गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क ३ महिने कम्प्युटर तालिम सुरु गरेको छ । तालिमका लागि मंगलबार शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण भएको छ । व्यवहारिक शिक्षा र रोजगारमुखी सीप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटसँगको साझेदारीमा पोखरा महानगरपालिकाले गण्डकी बहुप्राविधिक शिक्षालय चलाएको हो । बिभिन्न प्राविधिक विषय अध्यापनसँगै सिटिइभिटीको पाठ्यक्रममा आधारित लामो तथा छोटो अवधिका तालिम शिक्षालयले दिँदै आएको छ । एसइई… पुरा पढौ

गीतल

यो हिउँद सकियो, मलाई जाडोको प्रबाह छैन!सडकमै हुर्कनेलाई स्वतन्त्रताको अभाव छैन! वालुवा चालेर बिहान,बेलुकाको छाक टार्नु छ!माटो मै समर्पित जवानिको कुनै हिसाब छैन! भंगालो फाटेकोछ यो जिन्दगीको गराँ,गरामा!सगरमाथामाको उचाईमा पनि कुनै दबाव छैन! आँसुले त कहिल्यै सागर चुम्ने उद्देश्य राख्दैन!सहरमा कर्फ्यु छ सम्झनु कि कुनै मजाक छैन! घन्टौं लगाएर शालिक हरुमा माल्यार्पण गरेपछी!सहिदको नामावली भित्र किन निलो आकाश छैन! पुरा पढौ

डाक्टरको जाँच शुल्क बढ्यो

आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपिडी) शुल्क वृद्धि हुने भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति अनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन०को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो। निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सहमति जनाइसकेको छ। जेठ १ गतेदेखि लागू हुने गरी ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको चिकित्सक संघ र अफिनद्वारा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं